माछा पोखरीमा विष, लाखौँका माछा मरे

अज्ञात समूहले  छुट्टाछुट्टै दुई स्थानमा रहेका सार्वजनिक माछापोखरीमा विष राखिदिएपछि लाखौँको माछा मरेर क्षति भएको छ । सिम्राभवानीपुर उच्चमाध्यामिक विद्यालयको सिम्राभवानीपुर–५ स्थित दुई बिघा दुई कट्ठामा रहेको पोखरी र सोही गाविस–७ स्थित तीन बिघा तीन कठ्ठा क्षेत्रफलमा रहेको अर्काे पोखरीमा विष राख्दा दुवै पोखरीको गरी करिब १६ क्विन्टलभन्दा बढी माछा मरेको ठेकेदार महिचन सहनीले बताए ।सिम्राभवानीपुर गाविसमा विद्यालयको स्वामित्वमा रहेको पोखरीअन्तर्गत चार किमिको दूरीमा रहेको दुई वटै पोखरीमा एकै समय विष राखिनाले रिसइबीका कारण घटना भएको हुन सक्ने अनुमान इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक नन्दलाल साहले बताए । खेसरहिया गाविस–५ घर भएका ठेकेदार सहनीले विद्यालयको स्वामित्वको पोखरी २० लाख ७५ हजारमा पाँच वर्षका लागि ठेक्का लिएका थिए ।

 – See more at: http://setopati.com/bajar/2908/#sthash.KKpdDi8X.dpuf
कमेन्टहरु
Loading...