इन्जिनियरका दुःख, एसोसिएसनको चुनाव र उठईनुपर्ने मुद्दाहरु

रुद्रप्रसाद अधिकारी पोखरा लेखनाथ -२४, कास्कीकोट कास्की
रुद्रप्रसाद अधिकारी

-इन्जिनियर रुद्र प्रसाद अधिकारी

पछिल्लो समयमा बहुसंख्यक मध्यम वर्गीय आर्थिक पृष्टभूमि भएका हजारौं विद्यार्थीको रोजाईमा परेको विषय हो इन्जिनियरिङ्ग । समाजमा प्रतिष्ठित पेशाको रुपमा लिईने इन्जिनियर बन्न एस.ई.ई. पछी डिप्लोमा (ओभरसियर) वा प्लस टुमा विज्ञान विषय लिई उत्तीर्ण गरी विश्वविद्यालयहरुले लिने प्रवेश परिक्षा उत्तीर्ण गर्नुपर्छ अनि मात्र चार वर्षे इन्जिनियरिङ्ग कोर्षमा भर्ना हुन पाईन्छ ।

चार वर्ष अध्ययन पुरा गरी बि।ई। उत्तीर्ण भएपश्चात नेपाल इन्जिनियरिङ परिषदमा दर्ता भई आफ्नो इन्जिनियरिङ्ग पेशालाई अगाडी बढाउन सकिन्छ ।
तर इन्जिनियर बन्न र इन्जिनियरिङ पेशामा अगाडी बढी सफलता हासिल गर्न त्यती सजिलो कहाँ छ र १ इन्जिनियर बन्ने उद्घोषका साथ जुन दिन देखी अगाडी बढिन्छ त्यस दिन देखी दुस्खका दिनहरु सुरु हुन्छन् ।

अध्ययनका क्रममा स्रोत साधन जुटाउन होस् या अध्ययन पश्चात जागिरको खोजीमा भौतारिंदा होस्, जागिरका क्रममा प्राविधिक कार्यमा संलग्न हुँदा होस् या कुनै परियोजनाको व्यवस्थापकीय जिम्मेवारीमा रहंदा होस् सफल इन्जिनियरका रुपमा स्थापित हुनका लागि निरन्तर कडा मिहिनेत, परिश्रम, लगाव र धर्यता चाहिन्छ ।

पछिल्ला दिनहरुमा फेसबुक लगायतका सामजिक सञ्जालमा ईन्जिनियर साथीहरुका वाल नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावका प्रचार सामाग्रीले भरिएका छन् । त्यतिमात्र होइन इन्जिनियर साथीहरुलाई फोन र एसएमएस मार्फत नेपाल ईन्जिनियर एसोसिएसनको निर्वाचनमा फलानो प्यानलको फलानो व्यक्तिलाई भोट गर्नु भन्दै सन्देशहरु प्राप्त हुन थालेका छन् ।

अरुबेला सिन्को नभाच्ने इन्जिनियरहरुका त्यस्ता समुह चुनावको बेला निकै सक्रिय हुने गर्छन् । पेशागत हक हितको लागी भनेर स्थापना गरिएका त्यस्ता संगठनहरु फोहोरी राजनीतिको चङ्गुलमा चुर्लुम्म डुबेका छन् जसले गर्दा नेपाल ईन्जिनियर्स एसोसिएसनको गरिमा खस्किएको त छंदैछ यसले गर्न सक्ने आधारभूत कार्यहरू पनि गर्न सकिरहेको छैन ।

इन्जिनियरिङ्ग अध्ययन गर्दा देखि पेशागत यात्रामा अगाडी बढ्दै गर्दा आईपर्ने समस्याका विषयमा कानमा तेल हालेर बसेको भान हुने एसोसिएसनले मुलुकमा वार्षिक कुन विषयमा कति ईन्जिनियर उत्पादन हुन्छन्, कतिले स्वदेशमा रोजगारी पाउँछन् , कति विदेशीन्छन् , मुलुकमा कुन कुन क्षेत्रमा कति ईन्जिनियरहरुको माग हुन्छ, कतिले न्यून पारिश्रमिकमा काम गरिरहेका छन् आदिको बारेमा एकिन तथ्यांक राख्न समेत सकेको छैन ।

लाखौं खर्च गरेर मेहेनतका साथ अध्ययन गरेपछि रोजगारीको कुनै ग्यारेन्टी नहुने पेशाको रूपमा ईन्जिनियरिङ्ग पेशा चित्रित हुँदै जानु दुर्भाग्यपूर्ण छ । अध्ययन पश्चात् उचित रोजगारीको ग्यारेन्टी नहुँदा कि त विदेशीनु पर्छ कि त स्वदेशमै शोषण खपेर काम गर्नुपर्दछ । इन्जिनियरिङ्ग विषय अध्ययन गरे ता पनि गैर(इन्जिनियरिङ्ग पेशामा आवध्द हुनुपर्ने बाध्यता एकातिर छ भने इन्जिनियरिङ्ग पेशामै आफ्नो करिअर अगाडी बढाउन खोज्दा श्रम शोषणमा परिने भय अर्कोतिर छ ।

पेशागत हक हितका लागि डटेर काम गर्नुपर्ने एसोसिएसनले टेलिकम, सडक, पुल, हाइड्रोपावर, भवन निर्माण आदि क्षेत्रमा हुने ईन्जिनियरहरुको श्रम शोषणप्रति खासै चासो दिएको पाइंदैन । यस्तो समस्या निजी क्षेत्रमा काम गर्ने ईन्जिनियरहरुमा बढी छ । ुकाम सिकाउने बाहानामाु जोखिमपुर्ण तवरले काम गर्ने ईन्जिनियरको न बिमाको कुरा गरिन्छ न त उसको पारिवारको लागि राहत र सेवा(सुविधाको बारेमा सोचिन्छ ।

सरकारी सेवामा पनि नियुक्ति हुँदा देखि सरुवा बढुवा र वृत्ती विकासका अवसरमा प्राविधिक र अप्राविधिक कर्मचारीका बीचमा व्यापक असमानता छ । तल्लो तहमा माथिल्लो योग्यता भएका कर्मचारी नियुक्त गर्ने, सोही तह र श्रेणीमा कार्यरत अप्राविधिक कर्मचारीलाई प्राविधिक कर्मचारीलाई निरुत्साहित गर्नेगरी सेवा सुविधा र अख्तियारी दिने, प्राविधिकका समस्या र मागलाई वेवास्ता गर्ने आदि समस्या हुँदाहुँदै नेपाल ईन्जिनियर्स एसोसिएसनले खासै उल्लेख्य भूमिका खेल्न सकिरहेको छैन ।

तसर्थ पेशागत हक हितका लागी काम गर्नुपर्ने एसोसिएसनले केबल राजनीतिक दल र तिनका झोलेहरुको पछाडी लागी आफ्ना साथीहरूका पिर, मर्का, समस्यालाई वेवास्ता गर्नु कत्ति पनि जायज हुँदैन । वि.सं. २०१९ सालमा स्थापित नेपाल इन्जिनियर्स एसोसिएसन प्राविधिक क्षेत्रको मुलुककै अग्रणी संस्था हो । हजारौं इन्जिनियरहरुको साझा संस्थाको रुपमा रहेको एसोसिएसन मूलतः नेपाली इन्जिनियरहरुको हक-हित र अधिकारका बारेमा आवाज बुलन्द पार्ने एउटा सशक्त संस्था हो । मुलुकलाई प्राविधिक उन्नतीतर्फ डोर्याउन यस संस्थाले महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।

अहिले एसोसिएसन ३२ औँ कार्यकारिणी समितिको चयनका लागि चुनावको संघारमा छ । झन्डै पचास प्रतिशत नेपाली इन्जिनियरहरु विदेशी भूमिमा रहेको अवस्थामा हुन लागिरहेको चुनावमा देश भित्रकै इन्जिनियरहरु पनि विविध कारणले गर्दा आफ्नो मताधिकारबाट बन्चित हुने अवस्था छ । प्राविधिकहरुको अग्रणी संस्था हुनुको नाताले पनि सम्पूर्ण नेपाली इन्जिनियरहरुलाई समेट्न अनलाइन भोटिङ प्रणाली मार्फत आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था मिलाईनु पर्थ्यो ।

या त पुरानै प्रणालीमा चुनाव गर्नुपर्ने बाध्यता हो भने पनी निर्वाचनमा सहभागी हुनका लागि कम्तिमा १ दिन विदा दिने व्यवस्था मिलाईनु पर्थ्यो । आफ्नो प्रतिनिधि आफै चुन्न पाउने यो अवसरलाई इन्जिनियरहरुले उत्सवकै रुपमा लिने वातावरण बनाईनुपर्थ्यो । मुलुक सङ्घीयतामा गएपछी हुन लागिरहेको आसन्न निर्वाचनका लागि विभिन्न प्यानल घोषणा गरी संघ तथा प्रदेश स्तरमा उम्मेद्वारहरुले आफ्नो पक्षमा भोट मागिरहेका छन् ।

चुनावी दौरानका क्रममा आम नेपाली इन्जिनियरका समस्या तथा मागहरु सम्बोधन हुने गरी मुद्दाहरुमा जोड दिनुपर्नेमा केवल उम्मेद्वारहरुको व्यक्तिगत पार्श्वचित्र (प्रोफाईल)मा मात्र केन्द्रित भई चुनावी प्रचारप्रसार गरिनु त्यती उचित होईन । विभिन्न समस्याबाट गुज्रिरहेका नेपाली इन्जिनियरहरुका लागि

निम्न मुद्दाहरु उठईनुपर्थ्यो

१ इन्टर्नशिप तथा तालिम – इन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुलाई चौथो सेमेष्टरमा नन्पेड र आठौँ सेमेष्टरमा पेड इन्टर्नशिपको व्यवस्था गर्ने । साथै वृत्ति विकासका लागि विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरहरुलाई लक्षित गरी तालिमको व्यवस्था गर्ने ।

२. न्यूनतम पारिश्रमिक- इन्जिनियरको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने र निजि क्षेत्रले कम्तिमा सरकारी स्केल भन्दा कम पारिश्रमिकमा इन्जिनियरलाई काममा लगाउन नपाउने व्यवस्था गर्ने ।

३ बिमा स् रोजगारदाता कम्पनीको समेत योगदान हुने गरी हरेक इन्जिनियरहरुको जीवन बिमा गर्ने । जीवन बिमाका अलावा इन्जिनियरहरुको दुर्घटना बिमा, औषधोपचार बिमा आदि गर्ने ।

४  कल्याणकारी कोष स् रोजगारदाता कम्पनी, सम्पूर्ण इन्जिनियरहरु र सरकारको योगदान रहने गरी इन्जिनियर कल्याणकारी कोष स्थापना गर्ने र आवश्यक परेका बखत इन्जिनियर तथा उनीहरुका आश्रित परिवारलाई सहयोग र राहत उपलब्ध गराउने ।

५  रोजगारीको सुनिश्चितता – फ्रेस इन्जिनियरहरुलाई स्वदेश भित्र तथा बाहिर जहाँ भए पनि उचित रोजगारीको सुनिश्चितता गर्ने । इन्जिनियरहरुले जागिर खोज्ने मात्रै नभई जागिर सिर्जना गर्ने हुँदा इन्जिनियरहरुका लागि व्यवसायमा कर(छुट र सर्टिफिकेट धितोमा सहुलियत दरमा ऋण सहित “इन्जिनियर स्वरोजगार कार्यक्रम” ल्याउने ।

६ इन्जिनियर्स प्रोफाईल एप – विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरहरुको पेशागत पार्श्वचित्र समावेश हुने गरी इन्जिनियर्स प्रोफाईल एप निर्माण गर्ने जसले गर्दा इन्जिनियरहरु बिचमा आपसी चिनजान र भाइचारा बढाउनुका साथै प्राविधिक कार्यमा आपसी सहयोग अभिवृध्दी गर्न सहयोग मिल्छ ।

७ व्यवस्थित वैदेशिक रोजगारी – अन्तर्राष्ट्रिय बजारमा नेपाली इन्जिनियरहरुको मागलाई बढाउन सरकारी स्तरबाट वैदेशिक रोजगारीमा जान चाहने इन्जिनियरहरुका लागि विभिन्न देशहरुसंग आकर्षक सेवा सुविधा सहित श्रम सम्झौता गर्न कुटनीतिक तवरले पहल गर्ने ।

८ असमान नीति नियम खारेजी – विभिन्न सरकारी सेवा तथा सरकार नियन्त्रित कतिपय संस्थान वा कार्यालयमा प्राविधिक कर्मचारीलाई निरुत्साहित पार्ने खालका व्यवस्था विध्यमान रहेको अवस्थामा त्यस्ता असमान नीति नियमलाई तत्काल संसोधन या खारेजी गरिनुपर्छ ।

९ अस्थाई इन्जिनियरलाई विशेष व्यवस्था – स्थानीय तह र सरकारका विभिन्न परियोजना तथा नियोगहरुमा अस्थाई नियुक्ती लिई कार्यरत रहेका इन्जिनियरहरुका लागि विशेष व्यवस्था मिलाईनु पर्छ ।

१० संस्थागत सबलीकरण तथा सक्रियता – नेपाल इन्जिनियर्स एसोसिएसन संस्थागत रुपमा सबल हुनुपर्दछ र यसका लागि आवश्यक पूर्वाधारहरुको विकास गरिनुपर्दछ । यसले राष्ट्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा सभा सेमिनार गोष्टी आयोजना गर्नुका साथै बहुसंख्यक इन्जिनियरहरुको सहभागिता हुने गरी ग्रामिण एवं दुरदराजका जनताको हित हुने समाजसेवा मुलक कार्यक्रम सञ्चालन गर्न सक्नुपर्दछ ।

जब इन्जिनियरको अभावमा सर्भर डाउन भएर कार्यालयमा प्रयोग हुने सफ्टवेयर तथा वेवसाइट चल्दैनन्, अस्पतालमा जोडिएका उपकरणले ठिकसंग काम गर्दैनन्, घर-घरमा जोडिएको इन्टरनेटमा समस्या आउँछ, गाउँमा बिजुली बत्ती बल्दैन, सडक बन्दैन, पुल-पुलेसा, भवन तथा ठुलाठुला पूर्वाधार निर्माण हुँदैनन् तब इन्जिनियरको आवश्यकता र महत्व थाहा हुन्छ ।

तर पनि त्यहि इन्जिनियरलाई बारम्बार किन शोषण गरिन्छ, उपेक्षा गरिन्छ, निरुत्साहित गरिन्छ रु इन्जिनियरका मागलाई वेवास्ता गरी गरिने पूर्वाधार निर्माणले कस्तो परिणाम निम्त्याउला रु यस तर्फ सम्बन्धीत निकायको ध्यान जानु आवश्यक छ कि छैन ?

जबसम्म प्राविधिक जनशक्तिलाई मुलुक भित्रै यथेष्ट सेवा सुविधा तथा अवसर दिएर राख्न सकिदैन तबसम्म मुलुकको विकासले गति लिन सक्दैन । उपरोक्त मुद्दाहरु कार्यन्वयन गर्न नेपाल इन्जिनियर्स एसोसिएसनको महत्वपूर्ण भूमिका हुन्छ जसका लागि एसोसिएसन परम्परागत शैलीबाट नभई नविनतम एवं आधुनिक शैलीबाट अगाडी बढ्नुपर्ने देखिन्छ ।

यसो हुन सकेमा सम्पूर्ण नेपाली इन्जिनियरहरुले ‘समस्या परेका बेलामा सहयोग गर्ने एसोसिएसन छँदै छ नि’ भन्ने महशुस गर्नुका साथै नेपाल इन्जिनियर्स एसोसिएसनमा आवद्ध भएकोमा गारौवान्वित हुने अवस्था आउँदथ्यो ।

कमेन्टहरु
Loading...