डिभिजन थ्री क्रिकेटमा नेपालको पहिलो जित

१९ वैशाख, काठमाडौं । आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपाल पहिलो जित दर्ता गरेको छ । लगातार दुई हार व्यहोरेको नेपालले बुधबार राति भएको खेलमा आयोजक बर्मुडालाई ८ विकेटले पराजित गरेको हो । जितसँगै नेपालको शीर्ष दुईमा पर्दै डिभिजन २ मा उक्लने गणितीय सम्भावना कायमै छ ।

घरेलु मैदान सेन्ट डेभिड्स टस हारेर पहिले व्याटिङको निम्तो पाएको बर्मुडा ३८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रनमा समेटियो । उसलाई सस्तैमा समेट्ने क्रममा कप्तान पारस खड्काले ४ तथा वसन्त रेग्मीले ३ विकेट लिएका थिए ।

१ सय ७ रनको सामान्य विजय लक्ष्य पाएको नेपालले जम्मा ११.२ ओभर खेल्दै २ विकेटको क्षेतिमा भेट्टायो । नेपालका लागि कप्तान पारस खड्काले नटआउट ४६ तथा ज्ञानेन्द्र मल्लले ३४ रनको योगदान दिए । cp. onlinekhabar

कमेन्टहरु
Loading...