१९ थरीका रोगलाई एक लाख रुपैयाँ

२९ चैत, काठमाण्डौं । सरकारले विपन्न बिरामी नागरिकलाई थप १४ थरीका रोग तथा समस्याको उपचारका लागि एक लाख रुपैयाँसम्मको आर्थिक सहयोग गर्ने भएको छ । यसअघि सरकारले ५ रोगमा ५० हजारसम्म सहयोग गर्दै आएको थियो । गरिबीको रेखामा रहेका विपन्न नागरिकको उपचार तथा आर्थिक सहायता कोष मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कडा रोगका रुपमा चिनिएका १९ थरी रोग र समस्यामा रहेका विपन्न विरामीहरुलाई सहयोग गर्ने भएको हो । मन्त्रालयले यसअघि मुटुरोग, मिर्गौलारोग, क्यान्सर, पार्किन्सस र अल्जाइमर्स रोगको उपचारका लागि आर्थिक सहयोग गर्दे आएको थियो ।

ग्रिबीको रेखामुनि रहेका जनतामा अरु पनि धेरै कडा रोग भएको भन्दै मन्त्रालयले उपचारमा सहयोग पुर्‍याउन यस बर्ष थप १४ वटा रोग तथा समसइामा आर्थिक सहयोग गर्ने व्यवस्था गरेको मन्त्रालयको चिकित्सा माहाशाखा प्रमुख डा. तीर्थराज बुर्लाकोटीले बताए । उनका अनुसार यस बर्षदेखि रोगको संख्यामा भएको वृद्धिसँगै सहयोग रकममा पनि वृद्धि गरिएको हो, सौर्य दैनिकमा खबर छ ।

बुर्लाकोटीले अबदेखि मेरुदण्डका समस्य भई अपांगता भएका, दुर्घटनामा चोटपटक लागि गम्भीर भएका, कान तथा आँखा र महिलाको फिस्टुलाको समस्या, कलेजोको समस्या तथा हड्डीका समस्याका बिरामीलाईसमेत सरकारले सहयोग उपलब्ध गराउने छ । उपराका लागि आर्थिक सहयोग गर्न निर्देशिकासमेत तयार भइसकेको छ । cp. onlinekhabar

कमेन्टहरु
Loading...