देउसी खेल्न गएका पाँचजना बालिका हराए

कात्तिक, २२ नुवाकोट /तिहारमा देउसी भैलो खेल्न गएका नुवाकोटका लिखुका पाँच बालिकाहरु वुधबारदेखि वेपत्ता भएका छन् ।

नुवाकोटको लिखु गाउँपालिका–३ पट्टावारीका ५ जना बालिका बेपत्ता भएका परिवारले बनाएका छन् ।

वुधबार बेलुकी देउसी खेल्न गएका स्थानीय सृजना थापामगर, सम्झना थापामगर, सविना थापामगर, सामना थापामगर, रेमा थापामगर हराएको भन्दै खोजीका लागि परिवारजनले प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

कमेन्टहरु
Loading...