दशैको टीकाको साईत बिहान ८ बजेर ४५ मिनेटमा

पोखरा, २४ असोज/नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैंको टीकाको उत्तम साइत विजया दशमी भोली बिहान ८ बजेर ४५ मिनेटमा रहेको जनाएको छ । समितिले आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमासम्म मनाइने दसैंको साइत सार्वजनिक गरेको हो ।

विजया दशमीको दिन बिहान ८ बजेर ४५ मिनेटको समयलाई टीकाको उत्तम साइत तोकिएको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । आश्विन शुक्ल दशमीका दिन मान्यजनको हातबाट देवीको प्रसाद ग्रहणका लागि शुभसाइत तोकिए पनि सर्वसाधारणका लागि विजया दशमीको दिनभर नै उत्तम भएकाले जुनसुकै बेला टीका–प्रसाद ग्रहण गर्दा पनि शुभ हुने उनले बताए ।

विजया दशमीका दिन बिहान ८ बजेर २५ मिनेटमा देवी विसर्जनका लागि शुभ साइत तोकिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए । ‘देवी विसर्जनपछि जुनसुकै बेला पनि सर्वसाधारणले टीका–प्रसाद ग्रहण गर्न शुभ हुन्छ,’ उनले भने, ‘यो साइत मुख्यतया राज्यका लागि हो, राज्य सञ्चालन गर्नेका लागि हो ।’

कमेन्टहरु
Loading...