क्रिकेटको बन्द प्रशिक्षण पोखरामा

पोखरा ६ चैत्र/एसीसी ट्वाण्टी ट्वाण्टी एलिट कप क्रिकेटको तयारीका लागि पोखरा आएको राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण भोली सम्पन्न हुदै छ । टोली बन्द प्रशिक्षणको लागि पोखरा रंगशाला मैदानमा एक साता अगाडि उत्रिएको थियो । क्याप्टेन पारस खड्काको कप्तानीमा हालै छनौट भएका १४ जना खेलाडीहरु सहित मैदानमा उत्रिन लागेको नेपाली टोली गत विहिबारबाट पोखरामा प्रशिक्षणमा रहेको हो ।

काठमाण्डौ बाहिर पहिलोपटक पोखरामा राष्ट्रिय टिमको बन्द प्रशिक्षण सञ्चालन गरिएको हो । प्रशिक्षणमा मुख्य प्रशिक्षक पुवुदु दासानायके र नेपाली प्रशिक्षक जगत टमाटाले प्रशिक्षण दिएका छन् । केही दिन अगाडि भारतमा समेत अभ्यास खेल तथा भ्रमणका लागि त्यहाँ पुगेको अनुभव सुनाउँदै प्रशिक्षक
दासानायकेले नेपाली टीमले यसपटक धेरै राम्रो खेल प्रर्दशन गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले नेपाली टीममा पहिलाभन्दा धेरै सुधारिएको खेल भएका कारण उपाधि उचाल्ने सुरमा रहेको बताए ।
सात दिन सम्मको प्रशिक्षणमा विहान खेलाडीको फिटनेसका लागि विभिन्न शारिरिक व्यायम र दिनमा खेलबारेमा प्रशिक्षण दिईएको छ ।

कमेन्टहरु
Loading...