विरगन्जद्वारा जनकपुरलाई दश विकेटले पराजित

पोखरा, २२ माघ/पोखरामा जारी वाईवाई यू—१९ राष्ट्रिय क्रिकेटमा आज विरगन्जले जनकुपरलाई १० विकेटले पराजित गरे पछि सेमिफाईनल प्रवेश सहज बनाउँदा घरेलु टोली पोखरालाई भने सेमिफाईनल यात्रा निकै कठिन बनेको छ ।

विरगन्जले दुई जित सँगै सेमिफाईनल यात्रा पक्का जस्तै गर्दा मंगलबार घरेलु टोलीले सेमिफाईनल प्रवेश गर्न भैरहवा माथि फराकिलो जित निकाल्नु पर्ने दवाव छ । जनकपुर भने तीनै खेल पराजित हुदैं प्रतियोगिताबाट बाहिरिसकेको छ ।

तेज बलर अविनाश कर्णले केवल १४ रनको खर्चमा छ विकेट लिए पछि जनकपुरको व्याटिङ ध्वस्त भएको थियो । आठ दशमलव दुई ओभर बलिङ गरेर अघिल्ला शीर्ष व्याट्सम्यानलाई पवेलियन फर्काए पछि विरगन्जले लक्ष्य केवल ८२ रनको पाएको थियो । म्यान अफ दि म्याच कर्ण सँगै ईसाद अहमतदले पनि चार ओभर बलिङ गरेर २३ रन दिदैं तीन विकेट लिएका थिए ।

कमेन्टहरु
Loading...