थप १७० मा कोरोना संक्रमण, संक्रमितको संख्या १२ सय १२

पोखरा, १६ जेठ / शुक्रबार नेपालमा १७० जना कोरोना संक्रमण देखिएको छ ।

झापा २८, सप्तरी ४, बारा ४, पर्सा ५, सर्लाही १, म्याग्दी १, बाँके १०, कपिलवस्तु ५१, नवलपुर २, रौतहट ५६, सर्लाही ४, रूपन्देही १, दाङ २ जनामा कोरोना संक्रमण देखीको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।

नेपालमा एक हजार २ सय १२ कोरोना संक्रमितको संख्या पुगेको छ । पछिल्ला दिनमा भारतबाट नेपाली आउने क्रम बढेसँगै नेपालमा कोरोनाका संक्रमित पनि तीव्र गतिमा बढिरहेका छन् । गण्डकी प्रदेशमा पनि कोरोना संक्रमितको सख्या १९ पुगेको छ ।

कोरोनाबाट अहिलेसम्म नेपालमा ६ जनाको मृत्यु भएको छ । भारतबाट फर्किरहेका अर्घाखाँचीका एक युवाको बाटोमै मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयले उनको मृत्युलाई पनि नेपालमै गणना गरेको छ ।

कमेन्टहरु
Loading...