दुई जना कोरोना संक्रमित थपिए, संक्रमितको सख्या २ सय १९ पुग्यो

पोखरा, ३१ वैशाख / कपिलबस्तु र नेपालगञ्जमा एक एक जनामा कोरोना संक्रमित थपिए पछि नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ ।

नेपालगञ्ज वडा नम्बर ८ निवासी ३६ बर्षिय पुरुष र कपिलबस्तु नगरपालिका ५ निवासी २२ बर्षिय पुरुषको स्वब परीक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्यमन्त्रलयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

त्यसै गरि मंगलबार एकैदिन ८३ जना कोरोना संक्रमित फेला परेका थिए ।

कमेन्टहरु
Loading...