रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा थप २४ जनामा कोरोना संक्रमण

पोखरा, ३१ वैशाख / रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा १२ जना, कपिलवस्तु १० जना, पर्सा र नवलपरासीमा एक एक जनामा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

कमेन्टहरु
Loading...