नेपालमा एक जना कोरोना संक्रमित थपिए सगँ ३१ जना पुग्यो

पोखरा, ७ वैशाख/ नेपालमा थप एक जनामा कोरोना संक्रमित थपिए सगँ कोरोना संक्रमितको सख्या ३१ पुगेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती भारतीय नागरिकमा संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । ती मध्ये तीन जना निको भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...