न्वारन गरेकै रात विस्तराबाट बच्चा गायब

पोखरा, ८ भदौ /गोरखामा न्वारन गरेकै राती एक वालिका गायब भएकी छन् । गोरखाको सिरान्चो गाउँपालिका २

खमारीमा बिहीबार न्वारन गरेका सबल र रश्मी भण्डारीकी ११ दिनकी छोरी विस्तराबाट हराएकी हुन् ।

‘राती अचम्मको घटना घटेछ’ वडा अध्यक्ष ज्ञानेन्द्र गुरुङले भने ‘राती एक बजे आमा ट्वाइलेट गएकी थियो रे ।

बालिका हजुरआमासँग सुतेकी थिइन् । आमा ट्वाईलेटबाट फर्कँदा बच्चा रहेनछ ।’

ओच्छ्यानमा बच्चा नदेखेपछि रश्मीका परिवारले गाउँलेलाई खबर गरेका थिए । अहिले खमारीमा प्रहरीको टोली

पनि पुगिसकेकोे छ ।

गत हप्ताको शनिबार पनि सोही गाउँबाट विष्णु बरामको २ वर्षको छोरा सन्देश हराएको र पछि फेला पारेको

जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बीमल बस्नेतले जानकारी दिए ।

कमेन्टहरु
Loading...