गुप्तेश्वर महादेव गुफामा बुढानिलकण्ठको मुर्ति स्थापना

पोखरा, ३ साउन /स्वदेशी विदेशी पर्यटकको रोजाइमा रहेको गुप्तेश्वर महादेव गुफा परिसरमा बुढानिलकण्ठ भगवानको मुर्ति निर्माण गरिएको छ । गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले उक्त मुर्तिको साउन ७ गते सोमबार अनावरण गर्ने कार्यक्रम रहेको जानकारी दिए। यस वर्षको साउन महिनाका हरेक सोमबार विषेश पुजा अर्चना गरिने र सो दिन भक्तजनहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको पनि उनले वताए ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुफामा सुर्खेतमा व्यवसायीक रुपले मुर्ति बनाउदै आएका वरिष्ठ मुर्तिकार तिलवीर सेन्चुरी र उनको टिमले बनाएको हो ।

करिब २२ फुट लम्बाई, १२ फुट चौडाई र ६ फिट उचाइको उक्त मुर्ति २०७४ माघदेखि बनाएका हुन्। हाल सम्म १३ लाख वढि खर्च लागेको कार्यलय प्रमुख नारायण पौडेलले वताए ।

गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका कार्य समिति सदस्य राजेन्द्र आचार्यले उक्त बुढानिलकण्ठ भगवानको मुर्तिले गुफाको आकर्षण बढ्नुका साथै र पर्यटकको वसाई लम्बाउन सहयोग पुग्ने वताए । गुप्तेश्वर गुफा परिसरमा केहि वर्ष पहिले एक हजार ८ केजीको शालिग्राम राखेपछि पनि पर्यटकको आगमनमा वृद्धि भएको उनको भनाई थियो ।

आगामि सोमबार छोरेपाटनमा रहेका विभिन्न संघसंस्थाको सहकार्यमा भगवान शिव सम्बन्धि झाँकी सहितको कलश यात्रा गर्ने कार्यक्रम रहेको पनि सदस्य आचार्यले वताए ।

कमेन्टहरु
Loading...