CAN

बीपी कोइरालाको सयौं जन्मजयन्तीमा विभिन्न कार्यक्रम

24

पोखरा, २४ भाद्र प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको आज एक सयौं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । कतै उनको सम्झना गरेर मनाउदै छन् त कतै कार्यक्रम गर भने कतिपयले सामाजीक सन्जाल मार्फत सम्भना गरेका छन् । एक सय वर्ष अगाडि आजैका दिन जन्मनु भएका कोइराला नेपाली प्रजातान्त्रिक आन्दोलनका कहिल्यै नभुलिने नाम हो ।

bpनेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाले एकतन्त्रीय राणाशासन र पञ्चायत विरोधी आन्दोलनको नेतृत्व गर्नुभएको थियो । बिसं २०१७ साल पुस १ गते कोइराला प्रधानमन्त्रित्वको सरकारलाई अपदस्त गरी तत्कालीन राजा महेन्द्रले मलुकमा दलविहीन पञ्चायती व्यवस्था लागु गरेपछि वीपीले ८ वर्ष जेल जीवन बिताउनुभएको थियो ।

वीपी कोइरालाको समाजवादी विचारधारा नेपालका लागि यद्यपी सान्दर्भिक मानिन्छ । विक्रम सम्वत १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मनु भएका कोइरालाको बिसं २०३९ साउन ६ गते निधन भएको थियो । त्यसलगत्तै २०२५ सालमा भारत निर्वासनमा जानुभएका वीपी विदेशीका कारण नेपालको आन्तरिक राष्ट्रियतामा आघात पुगेको निष्कर्र्षसहित राष्ट्रिय मेलमिलापको नीति लिएर बिसं २०३३ सालमा नेपाल फर्किनु भएको थियो ।