वीपी चिन्तन कास्की क्षेत्र नं २ ले रचानात्मक कार्य गर्ने

पोखरा, २८ भदौ । वीपी चिन्तन कास्की क्षेत्र नं २ ले कार्य समिति पूर्णता पाएपछि पहिलो बैठकले क्षेत्र नं २ मा रचनात्मक कार्य गर्ने बताएको छ । क्षेत्र नं. २ का संयोजक जीतबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले आफ्नो क्षेत्रमा वीपीको विचारलाई तल्लो तहसम्म पु¥याउने बताईएको छ । विभिन्न सामाजिक क्षेत्रमा तल्लीन समाजसेवीहरुको समूह बनेको क्षेत्र नं २ कार्यसमितिले वीपीको विचारलाई काँग्रेसले भूलेको बताएका छन् । क्षेत्र नं. २ मा रहेको विभिन्न वडाहरुलाई समेटेर गठित समितिले पूर्णता दिएकोमा आफूहरु खुसी भएको बताउँदै जिल्ला समितिका संयोजक झविन्द्रराज आचार्यले नयाँ पिढीले वीपीलाई र उनको विचारलाई आत्मसाथ दिनु पर्ने बताए । कम्युनिष्टहरुको समाजवाद एकाधिकार, तानाशाह र वेवीचारी हुने उल्लेख गर्दै प्रजातान्त्रीक विचारको समाजवादमा मात्र देश र जनताको विकास हुने बताएका थिए ।

जिल्ला कोषाध्यक्ष धर्मदत्त ढुङ्गानाले पछिल्लो क्रममा काँग्रेसी नेताहरुले वीपीको फेटोमा माल्र्यापण गर्ने तर अरुकै बखान गर्नाले वीपीको विचारले नेपालमा स्थान नपाएको बताएका थिए । क्षेत्र २ का सहसचिव केदार धमलाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सहसंयोजक भिमबहादुर गुरुङ, सचिव भूपाल कुँवर, कोषाध्यक्ष तारादेवी गुरुङ, सहकोषाध्यक्ष इमा गुरुङले अवको नेपालमा काँगे्रस पार्टीको विकल्प नभएको उल्लेख गर्दै हरेक जनताको घर–घरमा वीपीको विचारलाई बुलन्द बनाउनु पर्ने बताएका थिए ।

उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका नेता मुरारी शर्मा, जिल्ला सचिव केशव भट्टराई, ट्रेड युनियनमा सक्रिय कार्यकर्ता शिवराज थपलिया लगाएतले काँग्रेसले सवैलाई मिलेर जान सिकाएको स्मरण गर्दै वीपी जस्तै दुरदर्शी, त्यागी र चतुर नेताको अभावलाई वीपी चिन्तनले पुरा गर्नु पर्ने समेत बैठकमा उल्लेख भएको थियो ।

कमेन्टहरु
Loading...