पाठ्यपुस्तकको मुल्य घटेको भन्दै व्यवसायीले छुट नदिने

पोखरा, १८ चैत्र /नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासघ कास्कीले पाठ्यपुस्तक खरिदमा छुट नदिने भएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासघका केन्द्रीय प्रथम उपाध्यक्ष ऋषिराम शर्मा भण्डारीले विगतका वर्षहरुमा पब्लिकेशनहरुले आफु खुशि मुल्य राख्ने गरेको र छुट पनि दिने गरेको अवस्थामा किताबको मुल्य पनि बढी रहेको थियो ।

तर हाल आएर नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले जुन कितावको मुल्यमा मापदण्ड तोकेको छ । त्यही मापदण्ड पुरा गरेका कितावहरु विक्रि गर्नुपर्ने अवस्था रहेको हुदा पहिले बढी मुल्य रहेका कितावहरुको मुल्य धेरैन घटेको हुदा पाठ्यपुस्तक खरिदमा पुस्तक व्यवसायीले छुट दिन नसक्ने बताएका छन् ।

भण्डारीले यसबाट अभिभावकहरुलाई पनि फाइदा पुग्ने वताउदै सरकारले दुई वर्षअघि पुस्तकको मुल्य निर्धारण गरेको बताउदै मूल्य निर्धारण समितिमार्फत रंगिन किताबको प्रतिपेज १ रुपैयाँ ४५ पैसा, दुई कलर मिसिएको १ रुपैयाँ २५ पैसा र एक कलरको १ रुपैयाँ १० पैसा मूल्य निर्धारण गरेको वताउदै यस वर्ष पुस्तकको मूल्य नबढ्ने भएको हुदा अभिभावकहरुलाई फाइदा पुग्ने बताए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासघ कास्कीका अध्यक्ष मोहन प्रसाद सापकोटाले किताब छाप्ने कागजको मूल्यमा वृद्धि र थोक बिक्रेताले कमिसन घटाएको भन्दै व्यवसायीले छुट नदिने निर्णय गरेको बताए । उनले देशभरका व्यवसायीले किताबमा छुट नदिने निर्णय गरेको हुदा कास्कीमा पनि आफुहरुले लागु गर्ने बताए ।

सापकोटाले अंकीत मुल्यमा आफ्नो सामन वेच्न पाउने व्यवसायीको हक अधिकार रहेको हुदा नेपाल सरकारले तोकेको मुल्यमा नै आफुहरुले पाठ्यपुस्तक बिक्रि गरिने वताए । सापकोटाले व्यवसायी तथा विद्यार्थीको हितको लागी कुनै पनि विद्यालयले पसल नतोक्ने र स्कुलले विद्यार्थीलाई कितावको लिष्ट दिनुपर्ने भएको हुदा अभिभावक तथा व्यवसायी सवैलाई फाइदा पुग्ने बताए ।

केही विद्यालयले ‘कमिसन’ को प्रलोभनमा परेर परिसरबाटै पुस्तक तथा अन्य शैक्षिक सामग्री बेच्ने गरेकोमा नेपाल सरकारको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका, २०६९ अनुसार कुनै पनि विद्यालयले विद्यालय हाताबाटै पुस्तक, स्टेशनरी तथा अन्य वस्तुहरु बेचबिखन गर्न बन्देज गरेको छ ।

निर्देशिकाको परिच्छेद ४ को दफा ४ को उपदफा ४.४.६ मा विद्यालय आफैले पाठ्यपुस्तक तथा स्टेशनरी खरिद विक्री गर्न नपाउने उल्लेख गरेको हुदा विद्यालय परिसरबाट विद्यार्थी र अभिभावकलाई पुस्तक किन्न बाध्य नपार्न समेत सापकोटाले आग्रह गरे ।

महासंघ मातहत रहने कतिपय जिल्ला शाखाले फागुनदेखि नै लागू हुने गरी छुट प्रतिशतलाई शून्यमा झार्ने निर्णय गरेका छन् । अब पुस्तकमा उल्लेख गरिएको मूल्यमै बिक्री हुनेछ । महासंघले आफ्ना सदस्य व्यवसायीलाई निर्णय कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ ।

हुनत विगतमा पुस्तक व्यवसायीहरुले थोक विक्रेता बाट पाएको पच्चीस प्रतिशत कमिसनमा विद्यालयलाई केहि प्रतिशत कमिशनको साथै विद्यार्थीलाई केहि प्रतिशत छुट दिदा व्यवसायीको भागमा कपि तथा अन्य स्टेशनरी सामानको मात्र नाफा बच्ने गरेको सापकोटा स्टेशनरी रानीपौवाका सन्चालक मनोहरि सापकोटा बताउछन ।

राज्यलाई कर तिरेर कानुन अनुसार प्रिन्ट्रेट मुल्यमा बेच्दा समेत राज्यले सयोग नगरेको बताउदै पुस्तक व्यवसाय बाहेक अन्य व्यवसायमा सय प्रतिशत सम्म नाफा खाएर ब्यपार गर्दा कोही नवोल्ने तर पुस्तक ब्यवसायमा बिस प्रतिशत नाफा खादा ब्रहमालुट कसरी हुन्छ यसमा राज्यको ध्यान जानु जरुरी रहेको उनी बताउछन् ।

पब्लिक स्टेशनरी चाउथेका सन्चालक ज्ञान वहादुर कार्की राज्यलाई कर तिरेर सटर भाडा, स्टाफ खर्च, आफ्नो लगानी साथै आफ्नो मेहनत हिसाव गर्दा पुस्तक ब्यवसायबाट नाफा निकाल्न एकदम गारो भएको बताउदै पाठ्यपुस्तकमा तोकिएको मूल्यमा बेच्दा कोही पनि ठगिने अवस्था नआउने बताउछन् ।

पुस्तक व्यवसायीहरुले पुस्तकबाट मुनाफा कम हुन थालेपछि विकल्पको पेशा समेत रोज्न थालेका छन् । पुस्तक व्यवसायीले पछिल्लो समय पसलमा गिफ्ट, पूजा, फेन्सी, फलफुलका सामग्रीसमेत बेच्न थालेका छन् । धेरै पुस्तक पसलले फोटोकपी तथा फोटो स्टुडियोसमेत चलाउन थालेका छन् । हुन त अचेल पुस्तक व्यवसाय पार्ट टाइम जस्तो बन्न थालेको छ धेरै जसो स्कुलका शिक्षकहरुले पुस्तक पसल सन्चालन गर्ने लहर नै चल्न थालेको छ । धेरैजसो पुस्तक ब्यवसायीको एउटै भनाई छ ‘संकटबाट जोगाउन विकल्प खोज्नुपरेको छ ’ ।

हुन त पछिल्लो आधुनिक समयमा यो ब्यवसाय सकंटमा पद्र्रै आएको छ । आम मानिसमा पढ्ने संस्कृती हराउदै गएको छ । सवै कुराहरु इन्नटरनेटमा खोज्ने चलनले गर्दा पनि यो ब्यवसायमा कमि आएकोले ब्यवसायीले विकल्प खोज्ने गरेका छन् । हाल पुस्तक ब्यवसायीले पढ्ने संस्कृती विकास गर्न र आफ्नो ब्यवसायको प्रर्वधनको लागी पनि हरेक श्रीपन्चमीको दिनमा पुस्तक दिवस समेत मनाउदै आएको छन् ।

कमेन्टहरु
Loading...