पोउवा संघका अध्यक्ष पदका उम्मेदवार पालिखेद्धारा प्रचारप्रसार तीव्र

पोखरा, २६ भदौ /पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार विश्वशंकर पालिखेले प्रचारप्रसार कार्यलाई तीव्र पार्नुभएको छ । भदौ ३१ र असोज १ गते पोखरा उद्योग वाणिज्य संघको ३१ औ महाअधिवेनको लागि समावेशी व्यवसायी समूहको तर्फवाट अध्यक्ष पदको उम्मेदवार वन्नुभएका पालिखेले प्रचारप्रसारलाई प्रभावकारी वनाउनुभएको प्रचारप्रसार समितिले जनाएको छ ।

पालिखेले नेतृत्व गरेको समावेशी व्यवसायी समूहले शनिवार पोखराका विभिन्न व्यवसायीहरुसंग भेटघाट र घैरदैलो कार्यक्रम गरेको छ । पालिखेको समूहले पोखराका मुख्य वजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, राकृष्णटोल, लेकसाईड लगायतका विभिन्न क्षेत्रमा व्यवसायीहरुसंग भेटघाट गरेको हो । साथै पोखराका विभिन्न वस्तुगत संघसंस्था अन्य व्यवसायीक संघसंस्थाहरुले आफ्नो समूहलाई सहयोग गर्ने प्रतिवद्धता दिएको पनि पालिखेले जानकारी दिनुभयो ।

पालिखेले आफुलाई पोखराका अधिकांश सामाजिक तथा आर्थिक संघसंस्थाहरुले दिएको सद्भाव र प्रतिवद्धता नै अध्यक्ष जीत्ने वलियो आधार भएको दावी गर्नुभएको छ । व्यवसायीहरुसंगको भेटघाटवाट हामी थप उत्साहित भएका छौं, पालिखेले भन्नुभयो,–सवै क्षेत्रका व्यवसायी साथीहरुको समावेशी समूह हामीले नै वनाएका छौ, त्यसैले जीत्ने आधार वलियो छ । पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको विगत गौरवशाली ईतिहासलाई जोगाई राख्न पनि सवैको साझा समावेशी समूहको आवश्यकता छ, त्यसैले पनि आफ्नो टिमको विकल्प नभएको व्यवसायीहरुसंगको भेटमा पालिखेले दावी प्रस्तुत गर्नुभयो ।

विहान पोखराको ताङवे समाजमा भेला भएका व्यवसायीहरुको भेलालाई सम्वोधन गर्दै, पालिखेले व्यवसायीको हक, हित तथा व्यवसायीक सुरक्षा र समृद्ध पोखरा निर्माण आफ्नो प्राथमिकता रहेको वताउनुभयो । पोखरा उद्योग वाणिज्य संघ सदैव व्यवसायी साझा संस्था भएकाले राजनीतिक भन्दा धेरै माथि उठेर व्यवसायीक मर्यादाका लागि काम गर्ने पनि पालिखेको प्रतिवद्धता छ ।

यसैगरी पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा पालिखेले आफ्नो उम्मेदवारीको औचित्य प्रस्तुत गर्दै, पोखराका व्यवसायीको लगानीको सुरक्षा र समृद्ध पोखरा निर्माण आफ्नो पहिलो प्राथमिकता भएको वताउनुभयो । पोखरा उद्योग वाणिज्य संघको मर्यादा सदैव उचो राख्ने र व्यवसायिक हक, हितका लागि काम गर्ने प्रतिवद्धता पालिखेले गर्नुभयो ।

अध्यक्ष पदका उम्मेदवार पालिखेले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको सुनिश्चिता, व्यवसायीहरुको सामूहिक विमाको व्यवस्था गर्ने, व्यवसायी र मजदुरवीचको सम्वन्ध सुधार गर्ने, पोखराको खानेपानी सुदृढिकरणका लागि पहल गर्ने लगायतका कार्य आफ्नो समूहको प्राथमिक काम भएको पनि पालिखेले वताउनुभयो ।

यसैवीच, समावेशी व्यवसायी समूहको तर्फवाट अध्यक्ष पदको उम्मेदवार वन्नुभएका पालिखेले विहान स्वास्थ्यमन्त्री गगनकुमार थापासंग भेटघाट गरी उम्मेदवारीका वारेमा जानकारी गराउनुभएको छ । मन्त्री थापाले स्वच्छ र व्यवसायिक संस्था पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि प्रतिष्पर्धा गर्नुभएको प्रति खुसी व्यक्त गर्दै, पालिखेप्रति आफ्नो सद्भाव र सहयोग रहेको वताउनुभयो ।

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठ र पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार पालिखेवीच पनि आजै पोखरामा भेट भएको छ । नेता श्रेष्ठले पनि प्रतिष्ठीत संस्थाकोे नेतृत्व गर्न पालिखे सक्षम र योग्य भएको भन्दै सफलताका लागि सुझाव दिनुभएको थियो । पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको चुनावको सरगर्मी वढिरहेको वेला पोखराकै पुरानो प्रतिष्ठीत व्यवसायी र प्रभावशाली घरानामा पालिखेले अध्यक्ष पदमा उम्मेदवार प्रस्तुत गरेपछी चुनावी माहोला थप रौनक वनेको छ ।

कमेन्टहरु
Loading...