वृद्धवृद्धालाई सहयोग गर्ने ट्रेन्ड

रेम बिक
पोखरा, ३० जेठ/जन्मदिन, स्मृति, चाडवाड जस्ता विभिन्न अवसरहरु पारेर वृद्धवृद्धालाई सहयोग गर्नेहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । स्थापनाकालिन समयमा वृद्धाश्रम संचालन गर्नका लागी गाह«ो भएको गुनासो गर्ने वृद्धाश्रमका व्यवस्थापकिय पक्ष पनि यस्तो ट्रेन्ड चलेपछि पछिल्लो समय राहतको सास फेर्न थालेका छन् । आफ्नै घरपरिवारबाट अपहेलित, पिछडिएका र असाहय बनेका वृद्धवृद्धाहरुलाई सहयोग गर्दा पुण्य कमाईने मान्यतामा पछिल्लो समय सहयोग गर्नेहरुको संख्या बाक्लिँदै गएको वृद्धाश्रमका संचालकहरु बताउँछन् ।

Miss Magar (1)वृद्धवृद्धाहरुलाई सहयोग गर्ने दाताहरुले विशेष गरि खाद्यान्न, फलफुल, लत्ताकपडा, नगद उपलब्ध गराउँदै आएको वृद्धाश्रम स्रोतहरु बताउँछन् । हाल पोखरामा दुईवटा वृद्धाश्रमहरु संचालनमा रहेका छन् । वात्स्यायन वृद्धाश्रममा भन्दा बढि वृद्धवृद्धाहरु पोखरामा वृद्धाश्रममा रहेका छन् । पोखरा वृद्धाश्रममा अहिले करिब ६१ जना बृद्धवृद्धाहरुले आश्रय लिईरहेका छन् । पोखरा वृद्धाश्रमको वार्षिक खर्च मात्रै ५० लाख रुपैँया हुने व्यवस्थापनपक्षले जानकारी दिएको छ । वात्स्यायन वृद्धाश्रममा भने वृद्धावृद्धाको संख्या कम भएकोले खर्च पनि केहि कम छ ।

कमेन्टहरु
Loading...