विप्लवद्धारा नेपाल बन्द सहितका कार्यक्रम घोषणा

काठमाडौं, २६ चैत /नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बैशाख ५ गते नेपाल बन्दको आह्वान गरेको छ ।

महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै नेपाल बन्द सहितका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई नेपाली जन क्रान्ति र राष्ट्रिय राजनीतिमा ‘एउटा मजाक’को प्रतिनिधि भनि उल्लेख गरिएको छ ।

ओली र पिके दाहालले नेतृत्व गरेको कथित नेकपा (नेकपा)को ओली सरकारले नेपाली स्वाभिमानी एवं श्रमजीवी जनताको प्रतिनिधि नेपाल कम्युनिष्ट पार्टी र यसका राजनैतिक एवं जनसेवाका कार्यक्रममाथि गत फागुन २८ गते राती अंकुश लगाउने काम भएको विज्ञप्तिमा जनाइएको छ ।

घोषणा गरिएका कार्यक्रमहरुमा

१. चैत्र २६ — २९ सम्म — प्रतिवन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर ।
२. वैशाख २ गते — कोण सभा ।
३. वैशाख ३ गते — अन्तरक्रिया ।
४. वैशाख ४ गते — मशाल जुलुस ।
५. वैशाख ५ गते — नेपाल बन्द ।
६. वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा बन्दको आयोजना गर्ने ।

कमेन्टहरु
Loading...