५० घण्टापछि जंगलमा भेटिइन् दुई बर्षिया बालिका

ताप्लेजुङ, १६ साउन / ताप्लेजुङको सिरिजंघा गाउँपालिका १ की २ वर्षीया बालिका सुम्निमा इवाराम हराएको दुई दिनपछि फेला परेकी छिन् । घरबाट हराएकी उनलाई प्रहरी र आफन्तले ५० घण्टापछि जंगलमा भेटेका हुन् ।

सदरमुकाम फुङ्लिङबाट गएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलीले बालिकाको उद्धारपछि परिवारलाई जिम्मा लगाएको छ ।

बालिकालाई कस्ले लगेको हो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । आजको कान्तिपुर दैनिकमा आनन्द गौतम समाचार लेखेका छन् ।

कमेन्टहरु
Loading...