सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकनले लन्डन जान पाउने

पोखरा, ३१ असार/चौथो सँस्करणको विग आइकन बन्न सफल हुनेले लन्डन जान पाउने भएका छन् । १८ वटा चरणको अडिसनपछि सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकन बन्न सफल हुनेलाई काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आईरहेको दि ब्रिटिस कलेजले लन्डन लैजाने व्यवस्था मिलाएको हो । आईकनको सपोर्टर ब्रिटिश कलेजका संस्थापक नरेन्द्र कँडेल चौथो सँस्करणको विग आइकन बन्न सफल हुनेलाई लन्डन लैजाने घोषणा गरेका हुन् । उनले मोफसलमा रहेर एउटा एफएमले यति राम्रो कार्यक्रम गरेको भन्दै खुशी व्यक्त गरे । र, आगामी दिनमा पनि एफएमसंग सहकार्य निरन्तर रहने उनले बताए ।

IMG_0936कँडेलले प्रतियोगिता निकै राम्रो भएको बताउदै नयाँ प्रतिभालाई लन्डन लैजाने घोषणा गरेका हुन् । चौथो सँस्करणको विग आईकनको फाईनलमा लक्ष्मी थापा, मिलन गुरुङ र मुस्कान रानाभाटले भिड्दैछन् । फाईनल साउनको पाँच गते पोखरा सभागृह हलमा विशेष कार्यक्रमको बिचमा हुने एफएमले जनाएको छ । नयाँ प्रतिभा प्रस्फुटन गराउनका लागी मञ्च उपलब्ध गराएर संगीत क्षेत्रलाई सहयोग गर्न कार्यक्रमको आयोजना गरिएको विग एफएमका अध्यक्ष महेश भण्डारीले बताए । सुस्ताईरहेको सांगीतिक माहौललाई उकास्नका लागी सहयोगि बन्ने अध्यक्ष भण्डारीले बताए ।

हाल संचालन भैरहेको विग आईकनमा ४८ जिल्लाका कुल ७ सय ७० जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । साउन पाँच गते हुने ‘ग्राण्ड फिनाले’मा यो पटक चर्चित गायक निमा रुम्बा प्रमुख अतिथि हुने एफएमले जनाएको छ । त्यो संगै नेपालभरका गीतसंगीतकर्मी, साहित्यकार, कलाकारहरुको पनि विशेष उपस्थिती रहने एफएमले जनाएको छ ।

सामसुङ ग्यालेक्सी ग्राण्ड विग आईकनको निर्णायकहरुमा संगीतकर्मी सुनील थापा र विनोद बाँनिया रहेका छन् । फाईनल राउण्डमा प्रवेश गरेका प्रतिस्पर्धीहरुले अब भने एसएमएस भोटिङकै आधारमा मात्र जित हासिल गर्ने एफएमले जनाएको छ । फाईनलमा प्रवेश पाएर्का प्रतिस्पर्धी लक्ष्मी थापालाई भोट गर्न मोबाईलको मेसेज बक्समा गई द्यष्न?क्उबअभ श्रीत्, मिलन गुरुङलाई भोट गर्न द्यष्न?क्उबअभश्र ःन् र मुस्कान रानाभाटलाई भोट गर्न द्यष्न?क्उबअभ श्रःच् टाईप गरेर ४३२१ म सेन्ड गर्नुपर्ने एफएमले जनाएको छ ।

यो पटकको विग आईकनका विजेताले १ लाख ५० हजार रुपैँया मुल्य बराबरको पियाजिओ स्कुटरका साथै लन्डन जाने अवसर प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रोले ५० हजार रुपैँया प्राप्त गर्ने एफएमले जानकारी दिएको छ । चौथो सँस्करणको ‘सामसुङ ग्राण्ड विग आईकन’लाई सामसुङ ग्यालेक्सी ग्राण्डले मुख्य प्रायोजन गरेको छ भने मोबाईल मेसेन्जर निम्बजले सहप्रायोजन गरेको छ । त्यस्तै काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आईरहेको दि ब्रिटिस कलेज, थापाथली विशेष सहयोगीको रुपमा सहकार्य गरिरहेको छ ।

उप–प्रायोजकमा विश्व प्रसिद्ध इटालियन स्कुटर÷बाईक पियाजियो, भेस्पाको अधिकृत विक्रेता रबि अटोमाबाइल्स नयाँबजार, पोखरा, स्टडी अब्रोड र टेस्ट प्रिपिरेसन सम्बन्धी सेवा दिइरहेको अग्रणी शैक्षिक संस्था ट्रिनिटी एजुकेशन फाऊण्डेसन बाँस्तोलाथर, महेन्द्रपुल पोखरा रहेका छन् । प्रतियोगितामा सह प्रायोजकको रुपमा शैक्षिक परामर्श केन्द्र साकुरा जापानिज ल्यांगवेज सेन्टर महेन्द्रपुल पोखरा रहेको छ । त्यस्तै स्यालुट गोर्खा र अतित गिफ्ट एण्ड एक्वारियम शपले विशेष सहयोग गरेका छन् । विग आईकनमा रिदम ब्याण्डले अफिसियल ब्याण्ड पार्टनरको रुपमा सहयोग गरिरहेको छ ।

त्यस्तै बैंकिग पार्टनरको रुपमा सिटी डेभलपमेन्ट बैंक पोखराले सहकार्य गरेको छ भने रेस्टुरेन्ट तथा भेन्यु पार्टनरको रुपमा स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बार बिएम कम्प्लेक्स न्युरोड रहेको छ । प्रतियोगिताको ट्राभल पार्टनरको रुपमा संजोग ट्राभल्स ट्राभल्स, टिकट तथा टुर्स पार्टनरको रुपमा ‘एम वे टुर्स एण्ड ट्राभल्स’, होटल पार्टनरको रुपमा होटल बाराही लेकसाईड, रहेका छन् । त्यसैगरि मिडिया पार्टनरहरुमा एभिन्यूज टेलिभिजन, नयाँ पत्रिका रहेका छन् भने साउन्ड पार्टनरको रुपमा एसके साउन्ड रहेको छ । प्रतियोगिताको अनलाईन पार्टनरको रुपमा कस्तो रमाईलो डटकम र एजुकेशनसंसार डटकम रहेका छन् ।

 

 

कमेन्टहरु
Loading...