लमजुङ केन्द्र भएर मंगलबार बिहान भूकम्पको धक्का 

लमजुङ, ३१ भदौ / लमजुङ केन्द्रबिन्दु भएर मंगलबार बिहान ४ दशमलव ५ म्याग्नेच्यूटको भूकम्प धक्का महशुस भएको छ ।

मंगलबार विहान ९ बजेर ५३ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो नयाँ भूकम्प नभई २०७२ साल बैशाख १२ गते गएको भूकम्प कै पराकम्पन भएको मापन केन्द्रले जनाएको छ ।

कमेन्टहरु
Loading...