मुस्ताङ ठिनीमा भोमो बा¥ह बर्षे देवी छेव ढोङताङ्भ्योको ठि पूजा तयारी

पोखरा, ३ चैत /मुस्ताङको थाक ठिनी गाउँमा चैतको २९ गतेदेखि बैशाखको १३ गतेसम्म बा¥ह बर्षेदेवी ढोङताङभ्यो, भोमो आमाको दर्शन पूजा हुने भएको छ। दर्शन तथा पूजा कार्यक्रमका समितिद्धारा बिहिबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि उक्त दिन ठिनीको ल्अखिम कर्पो अर्थात सेतो मन्दिरमा बा¥ह बर्षपछि भोमो आमाको दर्शन तथा पूजा प्रारम्भ गरिने बताइएको छ।

उक्त दिन भर्ति फोपेको तर्फबाट चन्दादाताहरुको नाममा महाशक्ति देव छेव तेताङभ्यो र बा¥ह बर्षे देवी छेव ढोङताङ्भ्योको पबित्र दुग्ध स्नानद्धारा ठि पूजा गर्ने कार्यक्रम रहेको छ। देवीको भव्य दर्शन तथा पूजा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको गुरु लामा श्यामप्रसाद थकालीले बताए। १२ औं शताव्दीदेखि पूजा शुरु भएको अध्ययनले देखाएको उनले जानकारी दिए। पूजामा पढिने कुनै पुस्तक नभएको सबै मुखार कण्ठ पारिएको मन्त्रबाट नै पूजा पाठ गरिने उनको भनाई थियो।

चैतको ३० गतेदेखि १२ गतेसम्म भक्तजनहरुको तर्फबाट महाशक्ति देव छेव तेताङभ्यो र बा¥ह बर्षे देवी छेव ढोङताङ्भ्योको ठि पूजा गर्नेछन्। ठि पूजा गर्ने ईच्छुक भक्तजनहरुले ल्अखिम कर्पो संरक्षण तथा व्यवस्थापन समितिमा अग्रिम नाम दर्ता गर्नुपर्नेछ। पूजाका लागि हालसम्म एकसय भन्दा बढिले नाम दर्ता गराइसकेको दर्शन तथा पूजा कार्यक्रमका संयोजक बसन्त थकालीले बताए।

बैशाख १३ गते भर्ति फोपे र चेलीबेटीको तर्फबाट पुनः महाशक्ति देव छेव तेताङभ्यो र बा¥ह बर्षे देवी छेव ढोङताङ्भ्योको ठि पूजा गर्नेछन्। उक्त दिन देवी छेव ढोङताङ्भ्यो, भोमो आमाको दर्शन तथा पूजा समापन गरी बा¥ह बर्षको लागि बा¥ह बर्षे देवी छेव ढोङताङ्भ्योको गुप्तबासका लागि ध्यान प्रारम्भ हुनेछ। बा¥ह बर्षे देवी दर्शको अवसरमा मुस्ताङको थाक ठिनीमा खेलकुद लगायत अन्य अतिरिक्ति क्रियाकलापका कार्यक्रमहरु समेत तय गरिएकमो छ। चैतको २९ गते बा¥ह बर्षे देवीको पुनः निर्मित ल्अखिम कर्पो मन्दिर तथा बा¥ह बर्षे देवी दर्शन मेलाको समुद्घाटन गरिनेछ।

चैतको ३० गतेदेखि दुई दिनसम्म भलिबल प्रतियोगिताको आयोजना गरिने आयोजकले बताएको छ। बैशाख १ र ६ गते झाँकी प्रदर्शन गरिनुका साथै बैशाख २ गते स्थानीय आमा समूहको सांस्कृतिक कार्यक्रम, बैशाखको ४ गतेदेखि दुई दिनसम्म तारा खेल, बैशाख ७ गते तीनगाउँले थकाली जातिको धार्मिक, सांस्कृतिक तथा परम्परा संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम रहेको छ।

बैशाखको ८ गते मुस्ताङको तल्लो भेगका महिला समूहबाट सम्मान तथा अभिनन्दन, बैशाख ९ गते स्थानीय जनमुक्ति युवा क्लबद्धारा सांस्कृतिक कार्यक्रम र बैशाख १३ गते स्थानीय खेल प्रदर्शन गरिने कार्यक्रम रहेको आयोजकले बताएको छ।
बोन धर्म अन्तरगत आय धर्म सम्प्रदायको प्रतिक देवी ढोङताङ्भ्योलाई परापूर्व कालमा भर्ति बंशका पुर्खा एवम् आय धर्मका प्रतिपादक गुरु धर्तीपुत्र ङर्के ह्रन्लाङ धुमले भारतको बृन्दाबनबाट ल्अखिम कर्पो मन्दिरमा ल्याएका हुन् भन्ने किम्वदन्ती छन्। ढोङताङ्भ्यो देवीले दिर्घायू, श्रीसंपत्ति र सन्तान प्राप्ति गरी तीन वटा बर प्रदान गर्ने जनबिश्वास छ।

कमेन्टहरु
Loading...