भदौदेखि बहुविवाह कानुनी रुपमा नै दर्ता नहुने

काठमाडौं, ८ वैशाख /भदौ १ गतेदेखि बहुविवाह कानुनी रुपमा दर्ता नहुने भएको छ । मौजुदा कानुनले कसैले बहुविवाह गरे र पीडित पक्षले मुद्दा हाले कानुनी कारबाहीको व्यवस्था गरिएको छ।

तर भदौबाट लागू हुने नयाँ कानूनमा वहुविवाह भन्ने शब्दलाई नै बन्देज लगाइएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।  बलात्कार गरेर हत्या गरेमा, अपहरण गरेर हत्या गरेमा, जातीय (जाति नै समाप्त हुने गरी) हत्य गरेमा आजीवन काराबासको व्यवस्था गरिएको छ ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले समाजमा गलत गतिविधि गर्नेलाई कडा कानुनी कारवाही गर्ने कानुन पारित गरेको छ ।

कमेन्टहरु
Loading...