बन्दको पुर्व सन्ध्यामा नेकपाकी काठमाण्डौ जिल्ला सेक्रेटरी पक्राउ

काठमाडौं, १४ साउन / नेकपा विप्लव नेतृत्वको काठमाडौं जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले गिरफ्तार गरेको छ ।

उपत्यका ब्युरो इन्चार्ज माइला लामा गिरफ्तारी बिरुद्ध प्रतिरोध गर्ने उद्देश्यका बुधबार आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा काठमाण्डौ जिल्ला सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको हो ।

साउन ४ गते विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गिरफ्तारीको बिरोधमा बुधबार बाग्मती, नारायणी ब्युरो सहित जनकपुर ब्युरो अन्तर्गतका जिल्लामा बन्दको आह्वान गरेको छ ।

सरकारले निरन्तर आफ्ना नेता र कार्यकर्तालाई गिरफ्तार गर्ने , झुठा मुद्धा लगाएको भन्दै बन्दको आवाहान गरेको जनाएको छ ।

कमेन्टहरु
Loading...