आर्सनल तेस्रो स्थानमा उक्लियो

१ वैशाख, काठमाडौं । आर्सनल इङ्ग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा अन्तिम ६ मिनेटभित्र तीन गोल गरेपछि नरवीचलाई ३–१ गोलले पराजित गरेको आर्सनलको तेस्रो स्थानमा उक्लिएको हो ।

Arsenal

जितपछि उसको ३२ खेलबाट ५९ अंक भएको छ । लिग लिडर म्यानचेष्टर युनाइटेडको ३१ खेलबाट ७७ अंक छ र उ उपाधि नजिक पुगिसकेको छ ।

खेलमा अग्रता भने नरवीचले नै लिएको थियो । ५६ औं मिनेटमा माइकल टर्नरले गोल गर्दै नरवीचलाई अग्रता दिलाए । ८५ औं मिनेटमा पेनाल्टी पाएपछि आर्सनल खेलमा फर्कियो । मिकेल अर्टेटाले पेनाल्टीमार्फत बराबरी गोल फर्काए । ८८ औं मिनेटमा जेरुर्ड र ९० औं मिनेटमा लुकास पोडोलोस्कीले गोल गरेपछि आर्सनल ३–१ ले विजयी भएको छ । इभर्टनले क्यूपीआरलाई २–१ ले पराजित गर्दा लिभरपुल भने रिडिङसँग गोलरहित बराबरीमा रोकिएको छ । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...