परिक्षाको तालिका सार्वजनिक गर्न अनेरास्ववियुको दवाब

पोखरा, ५ असार/पोखरा विश्वविश्वविद्यालयको स्थगित भएका इन्जिनियरिङ्ग तर्फका परिक्षाहरु तुरुन्त गराउनका लागि अनेरास्ववियु पोखरा विश्वविद्यालय गण्डकी अंचल कमिटीको आयोजनामा आज पोखरा विश्वविद्यालयमा दवाव दिएको छ । कार्यक्रममा गण्डकी अंचल भित्रका इन्जिनियरिङ्ग कलेजहरु स्कुल अफ इन्जिनियरिङ्ग, पोखरा इन्जिनियरिङ्ग कलेज र गण्डकी कलेजको इन्जिनियरिङ्ग एण्ड साइन्सेसका विद्यार्थीहरुले परिक्षा नियन्त्रक र रजिष्टारलाई घेराउ गर्दै तत्काल परिक्षा तालिका सार्वजनिक गर्न चेतावनी दिए ।

अनेरास्ववियु स्कुल अफ इन्जिनियरिङ्ग क्याम्पस कमिटीले हिजो दिएको २४ घण्टे अल्टीमेटम सकिए लगत्तै विद्यार्थीहरुले आन्दोलित भएका थिए । दवाव कार्यक्रम अगाडी भएको विशेष भेलामा अनेरास्ववियु पोविवि केन्द्रीय कमिटी सचिव सुवास मल्ल, अनेरास्ववियु पोविवि गण्डकी अञ्चल समन्वय कमिटी संयोजक नेशन सुवेदी, अनेरास्ववियु स्कुल अफ इन्जिनियरिङ्ग क्याम्पस कमिटी अध्यक्ष दिपक लामिछाने लगाएतले परिक्षा तुरुन्त गराउन माग गरे ।

भेला पछि सयौं विद्यार्थीहरुले नाराबाजी गर्दै घेराउ गर्दा पनि पदाधिकारीहरुले गैरजिम्मेवारपन देखाएपछि विद्यार्थीहरु आक्रोशित समेत भएका थिए । आन्दोलित विद्यार्थीहरुलाई निष्काशित गर्ने र परिक्षा तालिका समेत सार्वजनिक नगर्ने विश्वविद्यालयको कार्यको विरोध गर्दै बुधबार नै अनेरास्ववियु पोविव गण्डकी अंचल कमिटीले उपकुलपति र परिक्षा समिति संयोजक तथा रजिष्टार कार्यकक्षमा तालाबन्दी गरेको छ ।

कमेन्टहरु
Loading...