आहा रारा गोल्ड कपको पुरस्कार राशीमा बृद्धि

पोखरा, ११ पौष/सहारा क्लब पोखराले संचालन गदै आएको मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ । ११ औ संस्करणको अन्तराष्ट्रिय आमन्त्रित आहा रारा फुटबल प्रतियोगिताको पुरस्कारमा गत वर्ष भन्दा दोब्बर बृद्धि गरिएको आयोजक सहारा क्लबले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो । गत वर्ष विजेतलाई दई लाख रुपैयाँ रहेको पुरस्कारको राशीलाई बढाएर ३ लाख ५१ हजार पुयाइएको र उपविजेतालाई १ लाखबाट बृद्धि गरि २ लाख एक हजार पुयाइएको क्लबका अध्यक्ष विक्रम थकालीले जानकारी दिए । एघारौ संस्करणको आहा रारा फुटबल प्रतियोगिता माघ ९ देखि २० गते सम्म संचालन हुने प्रतियोगिताको विजेताले तिन लाख ५१ हजार र उपविजेताले २ लाख एक हजार सहित ट्रफि प्राप्त गर्ने  छन ।

पोखरा रगंशालाको फुटबल मैदानमा ११ दिन सम्म संचालन हुने प्रतियोगितामा नेपालका ए श्रेणीका आठ, पूवाञ्चल र  आयोजक एक÷एक तथा भारत, बंगलादेशका गरि कुल १२ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सले प्रायोजन रकम बृद्धि गरेकाले पुरस्करको राशी बृद्धि गरिएको अध्यक्ष थकालीले जानकारी दिनुभयो । गत वर्ष सम्म मुख्य प्रायोजक हिमश्री फुड्सले ४ लाख रुपैयाँ दिदै आएको भएपनि यस वर्ष ८ लाख रुपैयाँ दिएकाले पुरस्कार राशीमा बृद्धि गरिएको हो अध्यक्ष थकालीले भन्नुभयो अव तिन वर्ष पुरस्कार राशी बृद्धि गदैनौ, यही पुरस्कार राशी कायम हुन्छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडिलाई टि भि एस मोटरसाइकल प्रदान गरिने छ । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट टिम कोच, उत्कृष्ट स्ट्राइर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोल किपरलाई नगद तथा ट्रफि प्रदान गरिने अध्यक्ष थकालीले बताए । उत्कृष्ट पुरस्कारको राशी पनि बृद्धि गर्ने गरि प्रायोजक खोजी भैरहेकाले एकिन नभएको जानकारी दिदै गत वर्ष दिदै आएको दश हजार भन्दा तल नघने तर बढने उनले बताए । प्रतियोगिताका प्रत्येक खेलमा म्यान अफ दी म्याच ट्रफि प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न ६१ लाख ९२ हजार एक सय रुपैयाँ खर्च लाग्ने र ७० लाख रुपैयाँ आम्दानी हुने आयोजको लक्ष्य रहेको छ ।

त्यस्तै सहारा क्लवलाई देश विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ । मंगलबार मात्रै एक लाख ६५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ । क्लबका सचिव मनबहादुर क्षेत्रीले एक लाख ५१ हजार  ११ रुपैयाँ सहयोग अध्यक्ष थकालीलाई प्रदान गरे । त्यस्तै सुरेन्द्र गुरुङले २५ हजार, राम धोजु, हेमबहादुर गुरुङ, साग्रिला विकास बैक, सरोज विष्टले दश हजार रुपैयाँ प्रदान गर्नुभयो । सोही कायक्रममा ११ औ संस्करणको आहा राराको गीतको विमोचन समेत गरिएको थियो ।

कमेन्टहरु
Loading...