सेभेन ए साइड फुटबलमा फाइनल शनिबार

पोखरा, १४ भदौ/पोखराको पुरानो टुडिखेल मैदानमा जारी युनाइटेड अर्चलबोट सेभेन ए साइड
फुटबल प्रतियोगिता शनिबार फाइनल खेल हुने भएको छ ।
शनिबार बिहान सेमिफाइनलका खेल र दिउँसो २ बजे पनि फाइनल खेल हुने
भएको आयोजकले जनाएको छ ।
पहिलो सेमीफाइनलमा हेम्जा युवा क्लब र
भ्याली स्पोर्टस् एबीच हुनेछ भने दोस्रो सेमीफाइनलमा दीप र बीवाईसीबीच
हुने आयोजक क्लबका अध्यक्ष पूर्णप्रसाद पुनले बताए ।
शुक्रबार भएको पहिलो क्वाटरफाईनल खेलमा भ्याली स्पोटर्स ए को टोलीले
ड्यामसाइड फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ को अन्तरले पराजित ग¥यो ।
निर्धारित समयमा दुबैतर्फ गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो
। अर्को खेलमा शंकर केसीको निर्णायक एक गोलको मद्धतले बी.वाइ.सी.
बाटुलेचौरले बीटी गाइजलाई पन्छायो ।
त्यसैगरी, युनाइटेड हेमजा एले कमलपोखरीलाई टाइब्रेकरमा ३–२ को अन्तरले
पराजित गरी उसको यात्रा समाप्त पा¥यो । निर्धारित समयमा दुबैतर्फ दुई÷दुई
गोल भएको थियो ।
अन्तिम क्वार्टरफाइनलमा दीप युनाइटेडले एलजी एसोशियसनलाई पराजित ग¥यो ।
निर्धारित समयको खेल एक–एकको बराबरीमा सकिएपछि टाइब्रेकरमा दीपले २–० को
नतिजा निकाली जीत आफ्नो पक्षमा पारेको हो ।
प्रतियोगितामा ५५ टिमको सहभागी रहेको खेल संयोजक प्रदीप गुरुङले बताए ।
प्रतियोगितामा विजेता टोलीलाई उपाधिसहित ७७ हजार ७ सय ७७ रुपैया,
उपविजेतालाई ४४ हजार ४ सय ४४ रुपैया साथमा ट्रफि मेडल प्रमाणपत्र प्रदान
गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, वेष्ट डिफेन्स, वेष्ट मिड
फिल्ड, वेष्ट स्टाइकर, वेष्ट गोलरक्षकलाई ट्रफिको साथमा जनहि ५÷५ हजार
पुरस्कार समेत प्रदान गरीने भएको क्लबका अध्यक्ष पुनले बताए ।
क्लबले यसअघि अर्चलबोट महोत्सव, रक्तदान कार्यक्रम, सरसफाई तथा
एचआईभि÷एड्स सम्बन्धि सचेतना मुलक कार्यक्रमहरु समेत आयोजना गर्दैआएको छ
। प्रतियोगिता सम्पन्न गर्न करीब ६ लाख ६६ हजार खर्च लाग्ने आयोजकले जनाएको
छ ।

कमेन्टहरु
Loading...