Ganthan News Pokhara
All news from Pokhara & around

केपी ओलि माथी झलनाथ खनाल र माधवकुमार नेपालको यस्तो आरोप

0

काठमाडौं,  माघ १९ । भारतीय बिदेशमन्त्री सुष्मा स्वराजसँगको भेटवार्तामा आफू पक्षधर कुनै पनि नेतालाई सहभागी नगराईएको भन्दै बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट व्यक्त गरेका छन् ।

दुई दिने नेपाल भ्रमणमा हिजो काठमाडौं आएकी भारतीय विदेशमन्त्री स्वराजको सम्मानमा एमालेले हिजो सोल्टी होटलमा रात्रिभोजको आयोजना गरेको थियो ।त्यसको लगत्तै अध्यक्षसहित एमाले नेताहरुले स्वराजसँग सामूहिक भेटवार्ता गरे । जसमा उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, नेता सुवास नेम्बाङ्, सचिव प्रदिप ज्ञवाली, नेताहरु विष्णु रिमाल, डा. राजन भट्टराई र डा. युवराज खतिवडा सहभागी थिए ।

स्वराजसँगको भेटवार्तामा आफू पक्षका एक जनालाई पनि सहभागी नगराईएको भन्दै नेताहरु खनाल र नेपालले तिव्र असन्तुष्टि पोखेको स्रोतको दाबी छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु