देशभक्तको पोष्टमा थ्रीस्टारको ६ गोल

११ जेठ, काठमाडौं । राजधानीमा जारी गोर्खा कप फुटबलमा ए डिभिजन लिग च्याम्पियन थ्रीस्टारले विजयी सुरुवात गरेको छ । शनिबार भएको आफ्नो पहिलो खेलमा थ्रीस्टारले नवलपरासीको देशभक्त युथ क्लबलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले १५ औं सन्तोष सहुखलको गोलबाट अग्रता लिएको थियो । ४२ औं मिनेटमा डोडोजले अग्रता दोब्बर पारे । पहिलो हापको अन्तिम मिनेटमा अजय पौडेलले सन्तोषलाई लडाएपछि थ्रीस्टारले पेनाल्टी पायो । सन्तोषले पेनाल्टीमा गोल गरेपछि थ्रीस्टारका खेलाडीले लाइन क्रस गरेपछि रेफ्रीले गोल दिएनन् । त्यसपछि सन्तोषको प्रहार देशभक्तका रक्षकले रोके ।

दोस्रो हापको ५२ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गरे भने ५४ औं मिनेटमा निराजन खड्काले गोल गरे भने ५८ औं मिनेटमा सन्तोषले हृयाटि्रक गर्दा थ्रीस्टारले ५-० को अग्रता लियो । खेलको ८७ औं मिनेटमा योगेश गुरुङले गोल गरेपछि थ्रीस्टार ६-० ले विजयी भयो ।

– See more at: http://www.onlinekhabar.com/2013/05/74700/#sthash.jsjz5iK8.dpuf

कमेन्टहरु
Loading...