२३ बैशाख डकुमेन्ट्रीको मदरल्यान्ड उच्च माविमा विषेश प्रर्दशनी

पोखरा, २६ जेठ/गत वैशाख २३ गते पोखरामा आएको अकल्पनीय सेतीबाढीको विषयलाई समेटेर निर्माण गरिएको २३ वैशाख डकुमेन्ट्रीको पोखराको मदरल्यान्ड उच्च माविमा विषेश प्रर्दशनी भएको छ । डकुमेन्ट्रीको पहिलो चरणको प्रदर्शन अन्तरगत मदरल्यान्डमा प्रर्दशन भएको हो । कक्षा ४ देखि १० कक्षा सम्मका करिब १२ सय विद्यार्थी तथा शिक्षकहरुले डकुमेन्ट्रीको अवलोकन गरेका थिए ।

IMG_3459अवलोकन पछि अचानक भएको प्राकृतिक विपत्तीलाई मानिसहरुले चाहेर पनि भुल्न नसकेका पोखरेलीलाई थप सचेत पार्नका डकुमेन्ट्री सफल हुने मदरल्यान्ड उच्च माविकाका निर्देशक त्रिभुन शर्माले बताए । उनले डकुमेन्ट्री शिक्षा मुलक रहेको बताउदै विद्यार्थीलाई देखाउदा उपयोगी हुने बताए । डकुमेन्ट्री हेरे पछि विद्यार्थीहरुले कितावी ज्ञान मात्रै नभै दृश्यबाट शिक्षा लिन पाएकोमा खुसि व्यक्त गरेका थिए ।

करिब २० मिनेट लामो छ । सेती बाढी आएको बेलामा स्थलगत रिपोर्टिङमा खिचिएका भिडियो क्लिप्सहरुलाई समावेश गरेर डकुमेन्ट्री तयार पारीएको हो । डकुमेन्टीको निमार्ण तथा निर्देशन सागर राज तिमिल्सिनाले गरेका हुन् । सेतीमा २०६९ साल बैशाख २३ गते अचानक भिषण बाढी आएको थियो । अन्नपुर्ण तेस्रोको आसपासमा खसेको पहिरोका कारण नदी थुनिएर एक्कासी फुट्दा सेतीमा बाढी आएको अध्ययनले देखाएको छ ।

बेमौसमी सेती बाढीका कारण पर्यटकीय खारापानी क्षेत्रमा सबैभन्दा बढि क्षति पुगेको थियो । शनिबारको दिन परेकोले तत्कालिन समयमा आएको बाढीले ६० भन्दा बढी मानिसलाई बेपत्ता बनाएको थियो । हालसम्म २८ जनाको मात्र शव प्राप्त भएको छ । त्यस्तै दर्जनौँ परिवारको घरबास उठेको थियो । डकुमेन्टी यस अघि जेठ ९ गते पोखरा उद्योग वाणिज्य संघको हलमा, जेठ १३ गते शसस्त्र प्रहरी कालीकागण मालेपाटनमा, प्रर्दशन भै सकेको छ भने जेठ ३१ कल्पना हल र नेपाली सेनाको विजयपुर व्यारेकमा प्रर्दशनी हुदै छ ।

 

कमेन्टहरु
Loading...