१३ औं प्याब्सन स्पोर्टस् मिट, छात्रा सटपुट र छात्र लङजम्प सम्पन्न

पोखरा, २६ मङ्सिर/ प्याब्सन कास्कीको आयोजनामा पोखरामा सञ्चालित १३ औं प्याब्सन स्पोर्ट्स् मिटअन्तर्गत सोमबार छात्रा सटपुट र छात्र लङजम्पको फाइनल खेल सम्पन्न भएका छन् । पोखरा रड्डशालामा भएको छात्रा सटपुटतर्फको फाइनल खेलमा फिस्टेल उमाविका हिरा केसी प्रथम, टप्स उमाविका गीता थापा द्वितीय तथा मेरीगोल्ड स्कुलका आइसा गुरुङ तृतीय भएका छन् ।

छात्र लङजम्पतर्फको फाइनल खेलमा स्टेप बाई स्टेप उमाविका सविन विक प्रथम, रेन्बो एकेडेमीका अजय गुरुङ द्वितीय तथा टप्स उमाविका दिपल गुरुङ तृतीय भएका छन् । मड्डलबार दुई सय मिटर छात्रछात्रा दौडअन्तर्गत सेमिफाइनलका खेल सम्पन्न भएका छन्। जसअनुसार छात्रतर्फ बालोदय उमाविका विशाल कुँवर, मेरीगोल्डका सुमन मिझार, फिस्टेल उमविका रोशन रानाभाट, बालकल्याण उमाविका सागर गुरुङ, टप्स उमाविका दिपल गुरुङ, सृजना उमाविका निकेश पुन, न्यू मुनलाइट एकेडेमीका अञ्जीत गुरुङ र लिटिल स्टेप उमाविका सचिन भूर्तेल फाइनलमा प्रवेश गरेका छन् ।

छात्रातर्फ न्यू मुनलाइट एकेडेमीका सुस्मिता श्रेष्ठ, फिस्टेलका प्रिया केसी, ग्लोबल कलिजियट उमाविका प्रमिला गुरुङ, रिभरडेल स्कुलका पूजा थापा, टप्स उमाविका शशी चौधरी, स्टेप बाई स्टे उमाविका त्रिशला श्रेष्ठ, शिशुकल्याण उमाविका जेनी गुरुङ र अमरज्योति स्कुलका शान्ति केसी फाइनलमा प्रवेश गरेका छन् । यस्तै छात्रछात्रा रिले दौडका पहिलो हिटस्का खेल सम्पन्न भएका छन् । बुधबार एक सय मिटर छात्राछात्रा दौड, छात्र हाइजम्प तथा छात्रा लङजम्पको फाइनल खेल हुने एथलेटिक्स संयोजक मोतीराम गुरुङले जानकारी दिए ।

कमेन्टहरु
Loading...