स्थानीय निकाय पूर्नसंरचना बारे एमालेको बहश

पोखरा, २८ पुस/नेकपा एमाले कास्कीले स्थानीय निकायको पूर्नसंचरना बारेमा छलफल र बहस थालेको छ । नेकपा एमाले स्थानीय विकास तथा भौतिक संरचना विभाग कास्कीले स्थानीय निकाय पूर्नसंचारना बारेमा पूर्व जनप्रतिनिधि र अगुवा कार्यकर्ताबीच छलफल गरेको हो ।

विभागका सचिव बैनबहादुर क्षेत्रीका अनुसार स्थानीय निकाय पूर्नसंरचनामा एमालेको धारणा बनाउन छलफल थालेको हो । एमालेले पोखरा उप महानगरपालिकालाई महानगर, लेखनाथ नगरपालिकालाई उपमहानगर र कास्कीमा सात वटा गाविस मात्र राख्ने प्रस्ताव छलफलको लागि अगाडि सारेको छ ।

विभागले शनिबार पोखरामा गरेको भेलामा एमाले कास्कीका अध्यक्ष मानबहादुर जिसीले स्थानीय निकायको भुगोलको पूर्नसंरचनाको बारेको प्रस्ताव छलफलको लागि प्रस्तुत गर्नु भएको थियो ।पोखरालाई महानगर पालिका बनाउँदा कुन÷कुन गाविसलाई गाम्भे, लेखनाथमा कति गाविसलाई गाभेर उपमहानगर पालिका बनाउने र कास्कीमा सात वटा गाविस मात्र राख्ने प्रस्ताव जिसीको छ ।

भेलामा एमालेका बैकल्पिक पोलिटव्यूरो सदस्य खगराज अधिकारी, केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रविन्द्र अधिकारी, श्रीनाथ बराल, सृजना शर्मा, विभागका सदस्य मित्रलाल बराल लगायतले स्थानीय निकायमा जनप्रतिनिधि नहँुदा सेवा प्रवाहमा असर परेको, बजेट हिनामिना भएको बारेमा चिन्ता व्यक्त गर्दै स्थानीय निकायलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए । भेला विभागका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा भएको थियो ।

कमेन्टहरु
Loading...