सुरक्षाकर्मी सँग देऊसी भैलो

पोखरा, २८ कात्तिक/चौबिसै घण्टा सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई तिहारको झल्को दिन पोखरामा देउसी भैलो कार्यक्रम सन्चालन भयो । पोखराको मालेपाटनस्थित सशस्त्र प्रहरी बल कालिकागणभित्र सशस्त्र प्रहरीहरु र अन्यले देउसी भैलो खेले । जनताको जीउ धनको सुृरक्षाका लागि २४ सै घण्टा खटिनुपर्दा दशै तिहारमा पनि विदा नपाउने हुँदा घर परिवारसँग बसेर रमाइलो गरेको झल्को मेटाउन सामुहिक देऊसी भैलो खेलिएको गणका गणपति एसपी शम्भु उप्रेतीले बनाए ।

राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान गण्डकी अञ्चल समितिको आयोजनामा गरेको कार्यक्रममा सुरक्षाकर्मीहरु आफ्ना बन्दुक केही बेरलाई धन्क्याएर देउसी भैलोमा नाचगान गरेका थिए । केहि क्षणका लागि भए पनि तनाव र बोझबाट मुक्ती दिन सफल भएको गणपति उप्रेतीले बताए ।

देऊसी भैलो कार्यक्रममा सुरक्षाकर्मी, सभासद्, विभिन्न आमा समुहका प्रतिनिधि, पोखराका प्रतिष्ठित व्यक्ति, लोकदोहोरी कलाकारहरुबीच सामुहिक रुपमा देउसी भैलो खेलेर शुरक्षाकर्मिहरुलाई तिहारको उमङ्ग दिएका थिए । पछिल्ला दिनमा देउसी भैलोको नाममा विकृतिहरु बढ्न थालेपछि राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सस्कृती जोगाउन ठाउँ ठाउँमा देऊसी भैलो खेल्ने गरेको प्रतिष्ठानका संरक्षक प्रजापति पराजुलीले बताए ।

चाडवाडका बेला गणमै बसेर शान्ति सुरक्षा कायम गर्नका लागि २४ सै घण्टा खटिरहने प्रहरीहरुलाई केही क्षण भए पनि साँस्कृतिको जगेर्ना हुनुका साथै मनोरञ्जन हुने आयोजकको भनाई छ । देऊसी भैलोबाट संकलन भएको रकमलाई कलाकार कल्याण कोषमा राख्ने राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान गण्डकी अञ्चल समितिका अध्यक्ष चोलेन्द्र पौडेलले जानकारी दिए ।

कमेन्टहरु
Loading...