माछापुच्छ«े वातावरण सुधार समितिमा पुनः गौचन

पोखरा, २९ पौष/माछापुच्छ«े वातावरण सुधार समिति पोखरा–१, वगरको पाचौं साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा विश्वमोहन गौचन सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा रामप्रसाद अधिकारी, सचिवमा चक्रपाणी सुवेदी, कोषाध्यक्षमा विभिषण तिमील्सीना, सह–सचिवमा जिवन अधिकारीलाई चयन
गरिएको छ । यसैगरी सदस्यहरुमा टंकनाथ पौडेल, रामविक्रम राणा, सारदा पौडेल, देवप्रसाद गुरुङ, मिनकुमारी गुरुङ र सीता अधिकारी रहेका छन् ।

समितिका अध्यक्ष विश्वमोहन गौचनको अध्यक्षतामा भएको कार्यक्रममा टोल विकास वडा समन्वय समितिका अध्यक्ष इश्वरीलाल श्रेष्ठ, वातावरण समितिका सह–सचिव जिवन अधिकारी, इन्द्रेणी एकिकृत विकास केन्द्रका अध्यक्ष रामविक्रम राणा, लामपाटन मार्ग टोल विकास केन्द्रका अध्यक्ष सारदा पराजुली, सहारा महिला समुहकी अध्यक्ष सारदा अधिकारी, समाजसेवीहरु सारदा पौडेल, टंकनाथ पौडेल, समितिका उपाध्यक्ष तारानाथ पौडेल, निर्वाचन संयोजक विष्णुप्रसाद अधिकारी लगायतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...