बढी भाडा लिनेलाइ कडा कारबाही

चितवन (कास)– जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्रुसँग बढी भाडा लिने बसलाई कारबाही गर्नुका साथै लिएको बढी भाडा सम्बन्धित व्यक्तिलाई फिर्ता गराएको छ । जिल्ला ट्राफिक प्रमुख तथा प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार शुक्रबार मात्रै काठमाडौंबाट आएका २६ गाडीलाई कारबाही भएको छ । कारबाहीमा पर्नेमा ४ बस र २२ माइक्रोबस छन् ।

‘यात्रुसँग लिएको १५ हजार ८ सय ७० रुपैयाँ हामीले फिर्ता गराएका छौं,’ गौतमले भने । यात्रुको भीडभाड हुने भएका कारण बसहरूले तोकिएभन्दा
दोब्बर भाडा लिएको उनले बताए । बढी भाडा लिने बसलाई कारबाही स्वरूप १५ सय रुपैयाँका दरले जरिवाना पनि गरिएको छ ।

बढी भाडा लिने समस्या दसैंअघि काठमाडौंबाट आउने गाडीहरूमा हुन्छ । दसैंपछि काठमाडौं जाँदा यस्तो समस्या दोहोरिने गर्छ । ठाउँ–ठाउँमा दैनिक जाँच गरी सोधखोज गर्नुका साथै नारायणगढको पुल्चोक र पोखरा बसपार्क तथा भरतपुरको केन्द्रीय बसपार्कमा यात्रु सहायता कक्ष राखेर समस्या समाधानको प्रयास सुरु भएको प्रहरी निरीक्षक गौतमले बताए ।

कमेन्टहरु
Loading...