दुर्घटनामा तिन घाईते

पोखरा, २ माघ/स्याङजाको फेदीखोलामा बस र स्कुटर ठोक्किदा तिन जना घाईते भएका छन् । पोखराबाट स्याङजा गई रहेको ग १ ख २८४० नम्बरको बसले सोही दिशातर्फ जादै गरेको ग ७ प ६१५४ नंम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार तिन जना घाईते भएका हुन् ।

घाईतेहरुमा स्याङजा फेदीखोला का २३ बर्षिय विनोद सुनार, २८ बर्षिया लक्ष्मी परियार र २ बर्षिय बालक संस्कार परियार रहेका छन् । घाईतेको पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार गरेका भएको छ ।

कमेन्टहरु
Loading...