कामचलाउ सरकार अनेक बहाना बनाइ सत्ता लम्बाउन खोज्दै छ : ओलि

पौष १५/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तमु ल्होसारको शुभकामना सन्देश दिने क्रममा वर्तमान सरकारप्रति आक्रोश पोखेका छन्।

आज जारी गरेको शुभकामना सन्देशमा उनले वर्तमान सरकारले कानुनविपरीत काम गरिरहेको आरोप लगाएका छन्। ‘जनमतले अस्विकार गरिसकेको वर्तमान सरकार सत्ता लम्ब्याउने अनेक बहाना खोजिरहेको छ,’ ओलीले भनेका छन्, ‘आफ्नो स्वार्थ पूरा गर्नका लागि उसले संविधान र कानुनविपरीत अनेक काम गरिरहेको छ।’

कामचलाउ भइसकेको सरकारले अझै पनि कार्यकारी अधिकार प्रयोग गर्नु निन्दनीय भएको उनको भनाइ छ।

कमेन्टहरु
Loading...