महेन्द्रपुलमा निशुल्क मधुमेह र मृगौला जाँच

पोखरा, १६ वैशाख/बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुद्ध विशाल बजार, महेन्द्रपुलले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक सहयोगमा शनिबार गरेको मधुमेह तथा मृगौलासम्बन्धी निःशुल्क रक्त परीक्षण शिविरमा करिब २ सयको निःशुल्क परीक्षण गरिएको छ ।
सहकारीको १० औं स्थापना दिवसमा सेयर सदस्य र सर्वसाधारणलाई स्वास्थ्यबारे सचेतना दिन र सहज रुपमा सेवा उपलब्ध गराउन कार्यक्रम गरिएको हो । वरिष्ठ फिजिसियन डा. मुकुन्दप्रसाद आचार्यले जीवनशैली, वातावरण, खानपानकै कारणले अधिकांश नसर्ने खालका रोग लाग्ने भएकाले स्वास्थ्य रहन त्यसै अनुरुपको जीवनशैली अपनाउनु जरुरी भएकोमा जोड दिए । उनले मधुमेह र मृगौलाका रोगबाट धेरै नेपाली पीडित भएकाले यी रोग लाग्नै नदिन पूर्वसावधानी र लागेसकेको भए उचित उपचार समयमै गर्न उनले आग्रह गरे ।
कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा. दीपेन्द्रमान श्रेष्ठले विश्वभर नै क्यासर बढिरहेको र नेपालमा स्तन क्यानसर भयावह हुँदै गएकाले यसबारे सजग हुन आग्रह गरे । बेला बेलामा क्यासरका लक्षण देखिए, नदेखिएको चाँच गर्न र देखिए बेलैमा विशेषज्ञको सेवा लिन उनले आग्रह गरे । युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले सामाजिक उत्तरदायित्व वहन गर्दै सबैलाई स्वास्थ्य सेवासम्म पहुँच पु¥याउन युआरएलले सहयोग गर्दै आएको बताए । उनले हालसम्म ३५ वटा निशुल्क शिविरमा २० हजार बढीलाई निशुल्क सेवा दिइसकेको जानकारी दिए ।
सामाजिक उत्तरदायित्व वोध गर्दै पोखरा र आसपासमा जिल्लामा विभिन्न संघ, संस्थासँगको सहकार्यमा निशुल्क शिविर भइरहेको जानकारी दिँदै युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले शिविरमा सहभागिताका लागि अनुरोध गरेका छन् । सहकारीका अध्यक्ष नगेन्द्रप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सदस्य लक्ष्मी कार्की भण्डारी, धन्यवाद ज्ञापन कार्यक्रम संयोजक शान्ति आचार्य र स्वागत महिला समिति सदस्य सम्झना रेग्मीले गरेकी थिइन् ।
कमेन्टहरु
Loading...