शुभ कामना आदान प्रदान सहित खाद्यन्न सामान बितरण

पोखरा १० बैशाख /सामुदायिक सेवा एबं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजनामा पोखरा ६ बैदाम स्थित हाम्रो परिवार नेपाल लागु पदार्थ तथा रक्सी उपचार पुनस्थापना केन्द्रमा खाद्यान्न सामान बितरण गरेको छ । सामागी वितरण पछि नव बर्ष २०७४ सालको अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम समेत भयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक खड्क बहादुर खत्रीले सामुदायिक सेवा केन्द्रहरुले अत्यन्तै सह्रानिय कार्य गर्दै आएकोमा आज यसरी पुनस्थापना केन्द्रमा आई खाद्यान्न सामान बितरण गरेकोमा धन्यबाद सहित यसरी उपचार पश्चात समाजमा पुन स्थापना भई उदाहणीय बन्नु पर्ने कुरामा जोडदिए ।

सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्की अध्यक्ष बिष्णु बहादुर भट्टराईले व्यक्तिगत तर्फबाट चामल, नुन, तेल, चिनि लगायतका खाद्यन्न सामान बितरण गरेका थिए । सामुदायिक सेवा एबं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका द्वितिय उपाध्यक्ष चक्रपाणी सुवेदीले स्बागत मन्तव्य सहित कार्यक्रम माथि प्रकाश पारेको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठलाई खादा ,माला र दोसलाबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, हाम्रो परिवार नेपाल लागु पदार्थ तथा रक्सी उपचार पुनस्थापना केन्द्रका व्यवस्थापक निर्देशक शिब न्यौपाने, सामुदायिक सेवा एबं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बिष्णु बहादुर भट्टराईले कार्यक्रमको बारेमा आ आफ्नो धारणा राख्दै शुभकामना समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा बडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहनमणी अधिकारी , कार्य समिति सदस्यहरु प्रहरी कर्मचारीहरु, सामुदायिक सेवा केन्द्र कालिकाका अध्यक्ष हुमनाथ अधिकारी,माटेपानीका अध्यक्ष दया बराल,बगरका कार्य समिति सदस्य राम प्रसाद अधिकारी,बैदामका कार्य समिति सदस्य हरिराज पहारी, प्रहरी सहायक निरीक्षक कल्पना बिष्ट गैर सरकारी संस्था महासंघ कास्कीका उपाध्यक्ष पदमराज पहारी समेतको उपस्थित रहेको कार्यक्रमको संचालन सामुदायिक सेवा एबं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका प्रहरी नायव निरीक्षक होत बहादुर रोकाहाले गरेका थिए ।

कमेन्टहरु
Loading...