साहारा टोलमा श्रमिक बालबालिकाहरुका लागि सम्पर्क केन्द्र

पोखरा,१९ पौष । पोखरा उद्योग वाणिज्य संघ÷वालश्रम न्यूनीकरण कार्यक्रमले संचालन गरेको साहारा सम्पर्कको आयोजनामा सामुदायिक सेवा केन्द्र पृथ्वीचोक को हलमा यहि मिति २०७० साल पौष १९ गते शुक्रवारका दिन केन्द्रमा भए गरेका कृयाकलापहरुको जानकारी गराउने उद्धेश्यले एक दिने अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । 

उक्त कार्यक्रमका अध्यक्ष तथा सहारा सम्पर्क केन्द्रका सहयोग समिति अध्यक्ष मीन प्रसाद भट्टराईले श्रमिक वाल बालिकाको संरक्षण गर्दै सेवा सुविधा प्रदान गर्नु तपाँई हामी सवैको जिम्मेवारी रहेको वताउँदै एक दुइ जनाको प्रयासले मात्र कार्यक्रम उपलब्धिमुलक हुन नसक्ने र सवैको सहयोग पुगेमा यस क्षेत्रमा रहेका श्रमिक वालवालिकालाई उनीहरुको हक अधिकार दिलाएर एउटा सक्षम नागरीक वनाउन सकिने जानकारी गराउनुभयो । उक्त कार्यक्रमका प्रमुख अतिथि तथा सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले उद्योग वाणिज्य संघ मार्फत यस्तो कार्यक्रम गर्नुभएकोमा धन्यवाद दिदै तत्कालै यस केन्द्रमा समेटिएका वालवालिकालाइ समेटी एच.आई. भि. अभिमुखीकरण कार्यक्रम गर्ने जानकारी गराउनुभयो ।

उक्त कार्यक्रममा वोल्नुहुदै श्री जनप्रीय उच्च. मा.वि.का प्रध्यानाध्यापक नारायण पराजुलीले यस्ता खालका अन्र्तक्रिया कार्यक्रमले जनमानसमा चेतना फैलने भन्दै गत सालवाट आफ्नो विद्यालयमा भर्ना भएका उच्च माध्यमिक तहका वालवालिका वाट प्रति व्यक्ति रु.५ श्रमिक वालवालिकाका लागि संकलन गरिएको र चाँडै नै श्रमिक बालबालिका सम्पर्क केन्द्रलाई हस्तान्तरण गर्ने जानकारी गराउनुभयो । सो अवसरमा आफ्नो मन्तव्य राख्दै सहारा क्लवका अध्यक्ष बिरभद्र आचार्यले विभिन्न कार्यक्रमको योजना वनाइ सम्भाव्य कार्यक्रममा वालश्रम न्यूनीकरण कार्यक्रमसंग सहकार्य गर्ने जानकारी गराउनुभयो ।

कार्यक्रममा वोल्नुहुँदै वालश्रम न्यूनीकरण कार्यक्रमका कार्यक्रम संयोजक सुरेस कुमार मानन्धरले बसपार्क र शान्तीबन क्षेत्रमा रहेका जोखिमपुर्ण श्रमिक बालबालिकाहरुलाई सेवा प्रदान गर्ने उद्येश्यले केन्द्र सञ्चालन गरिएको जानकारी गराउनुहुदै बालमैत्री नगर स्थापना गर्न बालश्रमको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । कोषाध्यक्ष रुद्रनाथ वरालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमलाई सामाजीक परिचालक विभा अधिकारीले यस सहारा सम्पर्क केन्द्रमा विगत ७ वर्षदेखि भए गरेका कार्यहरुको जानकारी गराउनुभएको थियो ।

कमेन्टहरु
Loading...