दुई सवारी साधनमा आगजनी

166

तनहुँ, ३० वैशाख/ पहिचान नखुलेका व्यक्तिहरूको समुहले गएराती तनहुँमा दुई सवारी साधनमा आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ऋषिड्ग गाउँपालिका ६ चालिसेमा रोकिराखेको ना ३ ख ३५२५ नम्बरको यात्रु बहाक बसमा र पृथ्वी राजमार्ग अर्न्तगत डुम्रे दमौली सडक खण्डको बन्दिपुर गाउँपालिका १ बेलभन्ज्याड्गमा ना ३ ख ९११६ नम्बरको ट्रकमा आगजनी भएको जनाएको छ।

आगजनीबाट बस र ट्रक पूर्ण रूपमा क्षति भएका छन् । घटनामा संलग्न व्यक्तिहरूको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Comments are closed.