पुम्दी–भुम्दी साँस्कृतीक कार्यक्रम

पोखरा, २४ भाद्र/कास्की जिल्लाको पर्याटकीय स्थल पुम्दी–भुम्दी गा.वि.स. वडा नं ३ मा रहेको पुम्दीकोट युवा क्लब द्वारा आयोजीत खुल्ला तिज गित प्रतियोगीता तथा बृहत साँस्कृतकि कार्यक्रम आइतबार पुम्दीकोट भ्युटावरको प्राङगणमा सम्पन्न भएको छ । मौलीक सँस्कृती जगेर्नामा हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गरीएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी तथा क्लबका सल्लाहाकार रामजी बरालले मौलीक सँस्कृती जर्गेनामा क्लबले देखाएको चासो अत्यन्त सहनीय भएको र यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रमका विषेश अतिथी तथा समाजसेवी खेमराज पौडेलले पुम्दी–भुम्दीको विकासमा क्लबले खेलेको भुमीका र युवा पिँडीले सँस्कृती प्रती देखाएको चासोको प्रशंसा गरे । सो कार्यक्रममा भएको खुला तिज गित प्रतियोगीतामा अस्मिता सुवेदीको समुह प्रथम,रातीपोखरी दिदीबहिनी समुह द्धितीय,नानुमाया बरालको समुह तृतीय,संकल्प आमा समुह विरौटा सान्त्वना र उत्कृष्ट नृत्य निर्जला दिदीबहिनी समुहकी विधा भण्डारीको धोषण भएको थियो ।
प्रतियोगीतामा प्रथम हुनेले रु.दश हजार र प्रमाणपत्र,द्धितीयले रु.सात हजार र प्रमाणपत्र,तृतीय हुनेले रु. पाँच हजार र प्रमाणपत्र,सान्त्वना हुनेले रु. दुई हजार र प्रमाणपत्र पाप्त गरेका थिए भने उत्कृष्ट नृत्य प्रस्तुत गर्नेलाई आर्कषक पुरस्कारले पुरस्कृत गरीएको थियो । क्लबका अध्यक्ष शिव बरालको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन क्लबका सचिव सुरज बरालले गरेका थिए । कार्यक्रमको निर्णायकमा नमराज बराल,बेशव घिमीरे,ल्क्षमी बराल र ल्क्षमी सुवेदी रहेका थिए । सो कार्यक्रममा घैटो फुटाउने,छेलो हान्ने र जिल्लास्तरीय कलाकारको प्रस्तुती रहेको थियो ।

कमेन्टहरु
Loading...