पोखरामा छुटाछुटै दुर्घटनामा १८ घाइते, पाँचको अवस्था गम्भिर

पोखरा, ४ आसर /पोखरामा छुटाछुटै ठाउँमा भएका दुई दुर्घटनामा परि १८ जना घाईते भएका छन् भने पाँचको अवस्था गम्भिर रहेको छ । पोखरा २३ निर्मलपोखरीबाट पोखरा आउदै गरेको बस दुर्घटना हुदा १४ जना घाइते भएका छन् ।

ग१ख ३४२६ नम्बरको बस दोविल्ला नजिकैको दुर्घटना हुदा १४ जना घाईते भएका हुन् । घाइतेहरुको पोखराको मणिपाल अस्पतालमा उपचार भई रहेको छ । घाइते मध्ये चार जनाको स्थित गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । बस सडकबाट करिब ७ फिट तल खसेको थियो । दुर्त गतिका कारण बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । त्यसै गरि पोखराको याम्दीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् ।

पोखराको याम्दीमा दुर्घटना भएको ट्रक तस्विर ः शशी पौडेल
पोखराको याम्दीमा दुर्घटना भएको ट्रक तस्विर ः शशी पौडेल

पोखराबाट हेम्जा जादै गरेको ग१ख ३६८१ नम्बरको ट्रक दुर्घटना हुदा चार जना घाइते भएका हुन् । उनिहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेको छ । घाइते हुनेमा धादिङ्ग घर भई पोखरा १ सिम्पानी बस्ने २१ वर्षिय कृष्ण गिरी, निरमाया तामाङ्ग, मनमाया तामाङ्ग, निरमाया गुरुङ रहेका छन् ।

मनमायाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । विहान ३ बजे तिर भएको दुर्घटनाको आधा घण्टा पछि मात्रै दुर्घटना भएको थाहा भएको थियो । सडकबाट करिब १० तल ट्रक खसेको थियो । घाईते युवती नै माथि सडकमा आएर सवारी रोके पछि मात्र दुर्घटना भएको थाहा भएको थियो ।

कमेन्टहरु
Loading...