पोखरा जेसीज वीकइण्ड अन्तर्गत त्रिदिवसीय कार्यक्रम हुने

पोखरा, ७ बैशाख/पोखरा जेसीजले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत वैशाखको पहिलो हप्ता जेसीज वीकइण्ड २०१७ गर्ने भएको छ । युवाहरुको संस्था पोखरा जेसीजले आगामी वैशाख ८, ९ र १० गते गरी त्रिदिवसीय रुपमा वीकइण्ड कार्यक्रमको आयोजना गर्न लागेको बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा वोल्दै पोखरा जेसीजका अध्यक्ष शिव प्रसाद कोइरालाले जेसीसले व्याक्तिगत, सामुदायिक, ब्यवशायिक र अन्तराष्ट्रिय गरी चार क्षेत्रहरुमा काम गर्दै आइरहेको र जेसीज वीकइण्ड कार्यक्रम सामुदायिक बिकास क्षेत्र अन्तर्गत पर्ने वताए ।

जेसीज वीकइण्डको पहिलो दिन वैशाख ८ गते पोखराको मुख्य मुख्य चोकहरुमा ट्राफिक सचेतना कार्यक्रम तथा ¥याली, ९ गते कास्कीको मादी गाउ पालिका ४ मा रहेको तारकाङ सामुदायिक स्वास्थ्य केन्द्रमा कास्की सेवा हस्पिटलको सहयोगमा बृहत स्वास्थ्य परिक्षण कार्यक्रम र अन्तिम दिन वैशाख १० गते पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटमा रहेको मणिज्योती आधारभुत विद्यालयमा निशुल्क स्वास्थ्य शिविर तथा स्टेशनरी खेलकुद सामाग्री तथा पोशाक वितरण गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा अध्यक्ष कोइरालाले वताए ।

त्रिदिवसीय कार्यक्रम सफल वनाउनका लागी पोखरा लेखनाथ महानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय कास्की, मादी गाउपालिका, मादी गंगा महिला बिकास वचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैक तथा वित्तिय संस्थाहरु, ब्यवसायिक संघ सस्था एवं व्यवसायीहरु , जेसिज सदस्यहरु, सामाजिक संघ सस्थाहरुको सहयोग रहेको छ ।

कमेन्टहरु
Loading...