पाल्पाली समाज पोखराको शुभकामना

पोखरा, १९ असोज/पाल्पाली समाज पोखराले नेपालीहरुको महानपर्व बडा दशै, दिपावली तथा छडको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । शनिबार पोखरामा एक कार्यक्रमका विच पाल्पा घर भई पोखरामा व्यापार तथा व्यवसायी तथा विभिन्न पेशामा संलग्न हुदै आएका पाल्पालीहरुले भेटघाट भएर एकआपसमा शुभकामना आदानप्रदान गरेका छन् ।

नेपालीहरुको महानपर्व विजयादशमी, दिपापली तथा छड पर्वले समस्त नेपालीहरुमा सुख शान्ति र सम्वृद्धिको साथै आगमी मसिंर ४ मा संविधानसभाको चुनाव भएर देश शान्तिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरिएको थियो । शुभकामना कार्यक्रममा पाल्पाली समाजका सल्लाहकार जनपुकार मुनाकर्मीले पर्वलाई साँस्कृतिक विकृती विसंगति रहित ढंगले मनाउनुपर्ने बताए । चाडपर्वलाई तडकभडक र देखासिकीको रुपमा नभई विशुद्धि संस्कृति साटासाटको रुपमा मनाउनुपर्नेमा जोड दिएका थिए ।

पाल्पाली समाज पोखराका अध्यक्ष नारायण प्रसाद पौडेलले नेपालीहरुले सदियौ देखि चल्दै आएको सद्भाव र मेलमिलापलाई कायम राख्दै मनाउनुपर्ने बताएका थिए । पाल्पाली समाजका सल्लाहकार तारा प्रसाद पोखरेलले पाल्पालीहरु पोखरामा अझै संगठित भएर अघि बढ्नुपर्ने बताएका थिए । सोही अवसरमा कार्यक्रममा सहभागीहरुले एक आपसमा शुभकामना साटासाट गरेका थिए । पाल्पाली समाजले विगतका वर्षहरुमा जस्तै यसबर्ष पनि नेपालीहरुको चाडपर्वलाई विकृती तथ विसंगति रहित ढंगले मनाउन सर्वसाधारणलाई आग्रह गर्दै आएको पाल्पाली समाजका सचिव कुलप्रसाद घिमिरेले बताए ।

कमेन्टहरु
Loading...