विवाह नगरी बच्चा जन्मे स्वतः विवाह

काठमाडौं, ५ वैशाख /महिलासँग सहमतिमा शारीरिक सम्बन्ध राख्ने र गर्भधारण भएमा अस्वीकार गर्ने प्रवितिको अन्त्य गर्न सरकारल नयाँ कानुन बताएको छ ।

यसले महिला बाध्य भएर नाता कायम गर्न अदालत धाउनुपर्ने व्यवस्था अन्त्य हुने भएको छ। आजको नागरिक दैनिकमा खबर छ । मुलुकी ऐनको नयाँ व्यवस्थाले यसको समाधान गर्ने प्रावधान राखेको हो।

नयाँ व्यवस्थामा कुनै पुरूषसँग शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्माएको प्रमाणित भएमा त्यस्तो पुरूष र महिलाबीच स्वतः विवाह भएको मानिने र विवाहसरहको हक लाग्ने भएको छ।

समितिको प्रतिवेदन हाल संसदमा छलफलको क्रममा छ। अब बस्ने संसद बैठकले प्रतिवेदन पारित गर्नेछ। संसदबाट पारित भएपछि ती कानुन ७५ भदौ १ गतेबाट लागू हुनेछ।

कमेन्टहरु
Loading...