कलश सहकारीको शुभकामना

पोखरा, ३१ चैत्र/कलश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयरधनिहरु बिच नया बर्ष २०७४ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सोही अवसरमा संस्थाले नया बर्ष २०७४ सालको प्रकाशित क्यालेण्डर बिमोचन गरेको थियो । क्यालेण्डरको संस्थाका अध्यक्ष रामबाबु खड्का, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका निर्वाचित अध्यक्ष बिष्णुबाबु खड्का, संस्थाका सदस्य एकराज गिरी र सुनिता गिरीले संयु्क्त रुपमा विमोचन गरेका थिए ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष रामबाबु खड्काले छोटो समयमै सहकारीले हासिल गरेको सफलता उपलब्धीमुलक रहेको भन्दै सम्पुर्ण शेयर सदस्यहरुलाई सकारात्मक रुपमा सहकारीलाइ उचाईमा पुर्याउनका लागि हातेमालो गर्न आग्रह गरे । संस्थाका सञ्चालक समिती सदस्य एकराज गिरीले सहकारीको मुल सिद्धान्तलाई अंगिकार गरि अगाडी बढिरहेको संस्थामा आबद्ध शेयर सदस्यहरु बिच आत्मिय र भावनात्मक सम्बन्ध रहनु जरुरी रहेको भन्दै सहकारीले सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्नुपर्ने बताए ।

कार्यक्रममा सञ्चालक समिती सदस्य सुनिता गिरी , हेमन्त मल्ल, शेयरधनिको तर्फ बाट तृष्णा अग्रवाल, कर्मचारीहरुको तर्फबाट सीता गुरुङ्गले बोलेका थिए । संस्थाका अध्यक्ष रामबाबु खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सचिब सञ्जय मल्लले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...